Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Sunday, November 8
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » सडकबाट एक हजार सात सय बढीको उद्धार

    सडकबाट एक हजार सात सय बढीको उद्धार

    पहिलोक्लिकपहिलोक्लिकJanuary 12, 2019No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ: सहयोगापेक्षी मानिस सडकमा देख्दा कसैमा पनि सकारात्मक भावना जागृत हुँदैनथ्यो ।

    सबैले छिःछी र दुरदुर गर्थे । कतिले कुटेर लखेट्थे भने कतिले झर्केर हप्काउँथे । फोहरमा भएका खानेकुरा खोजेर खाने, जथाभावी हिँड्ने, थोत्रा कपडाको साथमा बोरा ओछ्याएर सडकको पेटीमा सुत्ने उनीहरुको दैनिकी बन्थ्यो ।

    यस्तो अवस्था देखेपछि विसं २०६९ बाट उद्धार गरी पालनपोषणको काम थाल्दा गाउँमा मुठिदान सङ्कलनका क्रममा दुव्र्यवहारको शिकार भएको अनुभव उद्धारका अभियन्ता रुपा केसीसँग छ ।

    सडकमा कष्टकर जीवन व्यतित गर्ने सहयोगापेक्षीको उद्धारसँगै पालनपोषण र संरक्षण गरी उनीहरुको परिवार पत्ता लगाएर पुनःस्थापनमा सक्रिय मानवसेवा आश्रमले अहिलेसम्म नेपालका विभिन्न क्षेत्रबाट एक हजार ७३० जनालाई उद्धार गरेको छ ।

    छ वर्षको अन्तरालमा उनीहरुमध्ये मनोविमर्श सेवासहित स्वास्थ्य उपचार गराएर ५५७ जनालाई परिवारमा पुनःमिलन गराएको आश्रमका काठमाडौँ संयोजक सुमन वर्तौलाले बताए । उनका अनुसार अहिले आश्रममा ६५० जना रहेका छन् । रोगले ग्रस्त भएर अन्तिम अवस्थामा उद्धार गरिएकाले १९८ जना अशक्त र वद्धवृद्धाको निधन भएको जनाइएको छ । स्वेच्छाले ३२५ जनाले आश्रम छाडेको वर्तौलाले बताए ।

    विसं २०८२ सम्ममा खुला आकाशमुनि रात बिताउन विवस सहयोगापेक्षी मानवरहित राष्ट्र निर्माणको अभियानमा लागेको आश्रमले पछिल्ला समयमा स्थानीय तह, प्रहरी र विभिन्न सङ्घसंस्थाको साथ पाएकाले लक्ष्य प्राप्त हुने आशा पलाएको प्रमुख संरक्षक डा गोविन्द टण्डनले बताए ।

    उनले सडकमा यस्ता असहाय करीब सात हजार रहेको अनुमान गर्दै उनीहरुको व्यवस्थापनमा लाग्न सबैलाई अपिल गरे । यसका लागि स्थानीय तहले सिफारिश मात्रै नगरी अभिभावकत्व ग्रहण गर्नुपर्ने देखिन्छ ।

    विसं २०६९ भदौ १३ गते मकवानपुरको हेटौँडाबाट सकडमा बेवारिसे अवस्थामा रहेका मनोरोगीलाई उद्धार गर्ने अभियान शुरुआत गरिएको थियो । आश्रमले अहिलेसम्म देशका छ प्रदेशका १२ जिल्लामा १४ वटा शाखा खोलेर सहयोगापेक्षीलाई उद्धार गरी संरक्षण दिंँदै आएको छ । काठमाडौँमा भने विसं २०७२ देखि सेवा शुरु गरिएको थियो ।

    काठमाडौँमा सेवा थालेपछि महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य प्रभावित भएर उद्धारमा महानगरको सहयोग र सहकार्य हुँदै आएको छ । “राज्यले गर्नुपर्ने दायित्व मानवसेवा आश्रमले गरिहेको छ, यो सेवालाई पैसामा तुलना गर्न सकिँदैन”, प्रमुख शाक्यले भने, “त्यसैले हामीले सम्झौता गरेर सहकार्य गर्न थालेका हौँ ।” अहिले महानगरले उनीहरुको व्यवस्थापनका लागि लाग्ने घरभाडा खर्च बेहोर्दै आएको छ ।

    जाडो लागेपछि नेपाल प्रहरीसमेत संलग्न भएर खुला आकाशमुनि सडकमा बस्नेको उद्धारमा सक्रियता देखाएकाले कार्यक्रम प्रभावकारी हुँदै आएको प्रमुख शाक्यले बताए । आश्रमको घर निर्माणका लागिसमेत आवश्यक सहयोग गर्ने उनले आश्वासन दिएका छन् ।

    उनले सडकमा एकथरी असहाय रहेको र एकथरी आफन्तले ल्याएर छाड्ने अनि पैसा कमाएर फेरी बेलुका लैजाने अवस्था रहेको भन्दै यसको व्यवस्थापन जरुरी रहेको औँल्याए ।

    काठमाडौँबाट ३१६ जनाको उद्धार

    आश्रमको काठमाडौँ शाखाले मात्रै ३१६ जनाको उद्धार गरेको उल्लेख गर्दै संयोजक वर्तौलाले बाँधेर राखिएकादेखि शताब्दी कटेका वृद्धवृद्धा, हातगोडा कुहिएर किरा परेका, अशक्त, असहाय, मनोरोगी तथा गर्भवतीलाई समेत सडकबाट उद्धार गरिएको बताए ।

    यस वर्षको जाडोमा मात्रै २७८ जनालाई सडकबाट उद्धार गरी संरक्षण र व्यवस्थापन गरिएको जनाइएको छ ।

    आश्रमले हरेक हप्ता शनिबार र मङ्गलबार सडकमै पुगेर उद्धार अभियान चलाउँदै आएको छ । पशुपति क्षेत्र विकास कोषले शुरु गरेको अभियान र प्रहरी परिसर काठमाडौँले शुरु गरेको सडक व्यवस्थापन अभियानमा समेत हातेमालो गरेर अघि बढिरहेको जनाइएको छ ।

    प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले मानवसेवा आश्रमले अभियानमा ठूलो सहयोग गरेको बताए । अभियानकै कारण अहिले पशुपति क्षेत्रमा सहयोगापेक्षी न्यून बन्दै गएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले बताए ।

    स्वदेश र विदेशमा बस्ने नेपालीले स्वःतफूर्तरुपमा दिएको रकम र जन्मदिन, विवाह वर्षगाँठ तथा पितृकार्यमा लाग्ने खर्चबाट कटाएर दिएको रकमबाट आश्रम चलिरहेकाले साँच्चै सहयोगापेक्षी सडकमुक्त शहर बनाउनका लागि तीनै तहको सरकारले चासो दिनुपर्ने आश्रमका केन्द्रीय संयोजक रामजी अधिकारीले बताए ।

    सडकमानव व्यवस्थापनमा काठमाडौँ महानगरपालिका, हेटौँडा उपमहानगरपालिका, ललितपुर महानगरपालिका, गोरखा नगरपालिका, वीरगञ्ज महानगरपालिका र बुटवल उपमहानगरपालिकासँग सहकार्य भइरहेको आश्रमले जनाएको छ ।

    प्रदेश नं ३ ले भने सहयोगापेक्षी सडक मानवमुक्त सहर बनाउन प्रस्ताव पारित गरिसकेको छ । मनोरोग विशेषज्ञ डा कपिलदेव उपाध्यायले यस्ता अशक्त असहायको सहयोगका लागि मनैदेखि आत्मीयता र अरुलाई सहयोग गर्ने भावना आउनुपर्ने भन्दै त्यो भावना आश्रमका स्वयंसेवकमा देखिएको बताए । उनीहरु विभिन्न कारणले सडकमा पुग्ने भएकाले मायाँ पाए भने जीवन परिवर्तन हुने उनको भनाइ छ ।

    Facebook Comments Box

    उद्धार सडक
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.