बुटवल: रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१०, शंकरपुरमा तस्कर र प्रहरीबीचको दोहोरो फायरिङका क्रममा प्रहरीको गोली लागेर एकको मृत्यु भएको छ ।
गएराति साढे १२ बजे तस्कर नियन्त्रण गर्न सादा पोसाकमा खटिएका प्रहरीले तस्करलाई नियन्त्रणमा लिन खोज्दा मुठभेट भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मुठभेटका क्रममा प्रहरीको जवाफी फायरिङमा गोली लागेर घाइते भएका एक तस्करलाई भैरहवा मेडिकल कलेजले राति १ बजे मृत घोषणा गरेको थियो । भने, एक तस्कर फरार भएका छन् ।
गोली लागेर एक जना प्रहरी जवान कृष्ण श्रेष्ठ घाइते भएका छन् । श्रेष्ठको बायाँ पाखुरामा गोली लागेको छ ।
प्रहरीले घटनास्थलबाट भारतीय नम्बर प्लेटको एउटा मोटरसाइकल र एक थान पेस्तोल बरामद गरेको छ ।