काठमाडौँ: गत हप्तादेखि निरन्तर घटिरहेको पूँजी बजारमा आज भने हरियो रङ देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक आज सोमबार ११ दशमलब ७४ अंकले बढेर एक हजार १८६ दशमलब ८० अंकमा पुगेको छ ।
आइतबार ५ दशमलब ७८ अंकले घटेको थियो ।
यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ०८ अंकले बढेर २५० दशमलब ४९ अंकमा पुगेको छ ।
आज कूल १५८ कम्पनीका ८ लाख ५ हजार ६०१ कित्ता शेयर २६ करोड ८१ लाख २४ हजार ६४४ मूल्यमा खरीद बिक्री भएका छन् ।
आजको कारोवारमा बाणिज्य बैंक बाहेक सबै समूहको परिसूचकमा गिरावट आएको छ ।
होटल १८ दशमलब ८४ अंक, विकास बैंक ४ दशमलब ५६ अंक र जलबिधुत १७७ दशमलब ०७ अंकले बढेका छन् ।
त्यसैगरी, निर्जीवन बीमा समूहको परिसूचक १९ दशमलब २४ अंकले, जीवन बीमा ३ दशमलब १८ अंकले बढेका छन् ।
यधपी, बाणिज्य बैंक समूहको परिसूचक एक दशमलब ०९ अंकले घटेको छ ।
नेपाल स्टक एक्सचेञ्जले माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको आजको शेयर कारोवार भने रद्द गरेको छ ।
बजार खुल्ने वित्तिकै उक्त कम्पनीको शेयर मूल्य ५० प्रतिशतभन्दा बढीले बढेपछि स्टकले सबै कारोवार रद्द गरेको हो । बजार खुल्दा सो कम्पनीको शेयर रु ११२ ले वृद्धि भई रु ३३६ पुगेको थियो ।