Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Sunday, November 8
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » दार्चुला–तिङ्कर सडकः दश वर्षमा ३२ किमी साधारण बाटो खुला

    दार्चुला–तिङ्कर सडकः दश वर्षमा ३२ किमी साधारण बाटो खुला

    पहिलोक्लिकपहिलोक्लिकJanuary 17, 2019No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    दार्चुला: केन्द्रीय सरकारकारको महाकाली करिडोर योजना अन्तर्गत दार्चुला– तिङ्कर सडकको १० वर्षमा ३२ किलोमिटर साधारण बाटो खुला गरिएको छ । उक्त बाटोका लागि रू तीस करोड १७ लाख बजेट छुट्याइएको थियो ।

    सात महीनाअघि गत असार १० गते बझाङ जिल्लाको कालाङगाड जलविद्युत् आयोजनाबाट विष्फोटक पदार्थ आइसकेपछि विजयपुरका सबै स्थानमा साधारण बाटो खुलेसँगैे व्यास गाउँपालिकाको वडा नं ६ हुतीसम्म बाटो जोडिन पुगेको छ ।

    सडक हुतीको वडा कार्यालयसम्म पुगेकाले स्थानीयवासीले बाटो निर्माणमा सम्लग्न पदाधिकारीलाई सम्मान पनि गरेका थिए । व्यासको तङ्ले भीरबाट हुतीसम्म सडक पुग्न झण्डै एक महीना भन्दा बढी समय लाग्यो । खलङ्गादेखि हुती ३२ किलोमिटर पर्छ । साधारण बाटो खुलेसँगै हुतीमा ट्याक्टर तथा मोटरसाइकल पनि पुगेको छ । सडकको थोरै सुधार हुर्नेबित्तिकै खलङ्गादेखि हुतीसम्म नियमित जिप सञ्चालन हुन थालेकोे व्यास गाउँपालिका वडा नं ६ का वडाध्यक्ष मनोज कुँवरले बताए ।

    “ट्याक्टर चल्न थालेका छन्, ट्याक्टरबाटै तेल ढुवानी भइरहेको छ । थोरै सुधार गर्ने हो भने नियमित जिप सञ्चालन गर्न सकिन्छ”, उनले भने । विजयपुरदेखि माथिल्लो क्षेत्रमा अहिले महालक्ष्मी कन्सट्रक्सनले सडक खन्ने काम गरिरहेको छ । व्यास गाउँपालिकाको सुनसेरासम्म एक महीनाभित्रै सडक पु¥याउने गरी कामको गति बढाइएको निर्माण व्यवसायी बालमुकन्द नेपालले जानकारी दिए । धौलाकोट क्षेत्रमा सडक खन्न केही अप्ठ्यारो देखिएको छ । हुतीबाट धौलाकोटसम्म पुग्न झण्डै छ किलोमिटर बाटो भए पनि धौलाकोटको सिलाजित भीरमा काम गर्न समस्या भएको निर्माण व्यवसायी नेपालले बताउनुभयो । उक्त क्षेत्रको चट्टान काट्न कम्प्रेसर उपकरण मगाइएको छ ।

    धौलाकोटको भीर काट्नेबित्तिकै सजिलै सुनसेरासम्म सडक पुग्छ, व्यास गाउँपालिका अध्यक्ष दिलीपसिंह बुढाथोकीले भने, “हुतीबाट सुनसेरा सडक पुग्न १२ किमी छ । गाउँपालिका केन्द्रसम्म मात्रै गाडी गुडाउन सकिए पनि व्यासका वडा नं ३, ४, ५ र ६ का नागरिकलाई आवत जावतमा सहज हुन्छ ।”

    अहिले सडकको काम तीव्र गतिमा भइरहेका कारण स्थानीयवासी पनि सुनसेरासम्म गाडी गुड्नेमा ढुक्क छन् । दुहुँ गाउँपालिकासम्म गाडी गुड्न थालेको छ, व्यासको सुनसेरासम्म सडक पुग्यो भने त्यहाँका बासिन्दाको गाडी चढ्ने सपना पूरा हुने दिन धेरै टाढा छैन, व्यास गाउँपालिका–४ सुनसेराका कमलापति भट्टले भने ।

    कच्ची सडक भए पनि आफ्नो देशकै बाटो भएर यात्रा गर्न पाइएला । सुनसेरासम्म गाडी पुग्नेबित्तिकै व्यास–२ मालका वासीन्दालाई समेत नेपालबाटै सामान ढुवानी गर्न सहज हुने उनको भनाइ थियो । “आफ्नो देशको भूमिमा सडक नहुँदा भारतीय भूमि भएर यात्रा गर्नुपरेको तीतो यथार्थ बिर्सिन कहाँ सकिएला र” भटृले भने “अर्काको देशमा गएर गाडी चढ्नुपर्दा डोट्याल भनेर हेप्छन्, त्योभन्दा आफ्नै भूमि भएर आवतजावत गरौँ भन्ने इच्छा साकार हुने भयो ।”

    निर्माण व्यवसायीले अहिलेकै गतिले काम गरे सुनेसरासम्म यो आर्थिक वर्षभित्र नियमित गाडी गुडाउन सकिन्छ, दार्चुला तिङ्कर सडक योजनाका इञ्जिीनियर दिनेश रैखोलाले भन्नुभयो, “विगतमा राताकाठा र विजयपुरभीरले समय खायो । अहिले त्यस्तो अप्ठ्यारो अवस्था छैन । धौलाकोटको भीर काट्नेबित्तिकै सहज रूपमा सुनसेरासम्म गाडी पु¥याउन सकिन्छ ।” झण्डै अढाइसय मिटर लम्बाइ रहेको विजयपुरभीर सडकको बाटो खुलाउन ठेक्का अवधिको हिसाबमा चार वर्ष लाग्यो । विगतमा विष्फोटक पदार्थ अभाव र निर्माण व्यवसायीको लापरवाहीका कारण पनि केही ढिलाइ हुन गयो । अहिले स्थानीय सरकार, जनप्रतिनिधिको निरन्तर पहल र दबाबले निर्माण व्यवसायी पनि काम गर्न खोज्दैछन् ।

    सडक सञ्जालमा नजोडिएको दार्चुलाको उत्तरी सीमाको व्यास गाउँपालिकाको केन्द्रसम्म अब गाडी गुडाउन त्यति समस्या छैन । अहिले सडक गाउँपालिका केन्द्रसम्म पु¥याउन पहल भइरहेको गाउँपालिका अध्यक्ष बुढाथोकीले बताए।स्थानीयवासीको पहिलो प्राथमिकता भनेकै तिङ्कर सडक हो उनले भने, सडक नहुँदा महाकालीमाथि तुइनको प्रयोग गर्नुपर्ने अवस्था केही हदसम्म अन्त्य गर्न सडकलाई प्राथमिकता दिएका छौँ ।

    तिङ्कर सडक योजनाका इञ्जिनीयर रैखोला तिङ्कर सडकको अहिले टेण्डर स्वीकृत भएको व्यास गाउँपालिकाको वडा नं २ माल गाउँसम्म सडक पु¥याउन समस्या नरहेकोे बताए ।

    आर्थिक वर्ष २०६५ बाट शुरु भएको यो सडक पहिलो गुरुयोजना अनुसार यसै आर्थिक वर्षमा सम्पन्न गर्नुपर्ने हो तर पछिल्लो समय महाकाली करिडोरमा सडक गाभिएपछि यो सडकको समयावधि २०७९ पु¥याइएको छ । कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलासम्म करिडोरको कूल लम्बाइ २९१ किलोमिटर छ ।

    यसअघि दार्चुला तिङ्कर सडक खलङ्गा जिरो प्वाइन्टदेखि तिङ्कर सीमा क्षेत्रसम्म १३५ किलोमिटर निर्माण गर्ने योजना थियो ।

    Facebook Comments Box

    दार्चुला–तिङ्कर
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.