काठमाडौँ: साताको अन्तिम कारोवारको दिन आज पनि शेयर बजारमा गिरावट आएको छ । आज नेप्से शुन्य दशमलब २० अंकले घटेको छ । बुधबार नेप्से ७ दशमलब ५७ अंकले घटेको थियो ।
सोमबार नेप्से ११ दशमलब ७४ अंकले र मंगलबार १७ दशमलब ५१ अंकले बढेको थियो भने आइतबार ५ दशमलब ७८ अंकले घटेको थियो ।
यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शुन्य दशमलव ५० अंकले घटेर २५१ दशमलब ०१ अंकमा पुगेको छ ।
आज कूल १६४ कम्पनीका ८ लाख ३५ हजार ८२६ कित्ता शेयर २८ करोड ७७ लाख ५० हजार ३२१ मूल्यमा खरीद बिक्री भएका छन् ।
आजको कारोवारमा बाणिज्य बैंक २ दशमलब ८१ अंक, होटल २ दशमलब ७२ अंक, विकास बैंक शुन्य दशमलब ७२ अंक र बित्त शुन्य दशमलब १२ अंकले घटेका छन् ।
त्यसैगरी, निर्जीवन बीमा समूहको परिसूचक ६२ दशमलब ३६ अंकले र जीवन बीमा ४५ दशमलब २७ अंकले घटेका छन् ।
यधपी, जलबिधुत समूहको परिसूचक ४० दशमलब ८१ अंकले, लघुवित्त ९ दशमलब २६ अंकले बढेका छन् ।