काठमाडौँ: चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा रेमिट्यान्स आय ३ खर्ब ७६ अर्ब ५९ करोड पुगेको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह ४० दशमलब २ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.८ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३.२ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर आय २९.८ प्रतिशतले वृद्धि भई ४ खर्ब २८ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा
यस्तो आय ०.५ प्रतिशतले घटेको थियो ।
अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ४०.२ प्रतिशतले घटेको छ । अघिल्ल वर्षको सोही अवधिमा यस्तो संख्या २.५ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा मलेसिया जाने नेपालीहरुको संख्या उल्लेख्य
मात्रामा घटेको छ ।
समीक्षा अवधिमा चालु खाता घाटा विस्तार भई १ खर्ब १९ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रु.६४ अर्ब ११ करोड रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको पाँच महिनामा ६२ करोड ३ लाख रहेको चालु खाता घाटा समीक्षा अवधिमा १ अर्ब ४ करोड ४५ लाख पुगेको छ ।
समीक्षा अवधिमा शोधनान्तर स्थिति ८५ अर्ब ३२ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षकोसोही अवधिमा शोधनान्तर स्थिति ५ अर्ब ४८ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको पाँच महिनामा ५ करोड ३९ लाखलेघाटामा रहेकोशोधनान्तर स्थिति समीक्षा अवधिमा ७५ करोड १ लाखले घाटामा रहेको छ ।