काठमाडौँ: राष्ट्रिय वाािणज्य बैंक लिमिटेडको तीन वटा शाखा कार्यायहरु थप भई कारोबार शुभारम्भ भएको छ ।
सिन्धुली जिल्लाको मरिण गाउंपालिका वडा नं. ६ स्थित शाखा कार्यालय कपिलाकोट, बझाङ्ग जिल्लाको मष्टा गाउंपालिका वडा नं. ३ स्थित भातेखोलामा शाखा कार्यालय मष्टा र ताप्लेजुङ्ग जिल्लाको आठराई त्रिवेणी गाउंपालिका वडा नं. ३ स्थित शाखा कार्यालय हाङ्गपाङ्गको कारोबार शुभारम्भ भएको बैंकले जारी गरेको विज्ञप्तिमा जनाएको छ ।
यसपछि राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयहरुको संख्या १९५ पुगेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत श्री किरणकुमार श्रेष्ठले रावा बैकले स्थानीय जनतालाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्ने गरि शाखा खोल्ने कार्यलाई प्राथमिकता दिएको बताए ।
बैंकको हाल ७१ जिल्लामा १९५ वटा शाखा कार्यालय, १३५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । चालु आ.व.को तेस्रो त्रैयमास सम्म बैंकले १ खर्व ५३ अर्व निक्षेप संकलन गरी १ खर्व १२ अर्व कर्जा लगानी गरि ३ अर्व ८ करोड खुद मुनाफा कमाएको छ ।