Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Sunday, November 8
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » वाणिज्य बैंकको सेवा अब ७७ जिल्लामा

    वाणिज्य बैंकको सेवा अब ७७ जिल्लामा

    पहिलोक्लिकपहिलोक्लिकJanuary 24, 2019No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौंँ: सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले आजदेखि मुलुकका सतहत्तरै जिल्लामा शाखा स्थापना गरी सेवा शुरु गरेको छ । यसअघि ७४ जिल्लाका शाखा कार्यालयमार्फत सेवा दिँदै आएको बैंकले आफ्नो स्थापनाको ५४औंँ वार्षिकोत्सवका अवसरमा आज तीन जिल्लामा शाखा विस्तार गरेको हो ।

    जाजरकोट, रुकुम र मुस्ताङमा आजदेखि सञ्चालनमा आएको शाखाको कावा प्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौँमा डिजिटल प्रविधिबाट उद्घाटन गरे ।

    बैंकको पुल्चोक, नक्साल र हेटौँडा शाखालाई आजै ‘स्मार्ट शाखा’का रुपमा रुपान्तरण गरिएको छ । यस वर्ष २० भन्दा बढी शाखालाई स्मार्ट शाखा बनाउने योजना बैंकले अघि सारेको छ । नयाँ शाखा विस्तारसँगै सबै जिल्लामा गरेर २१७ शाखाबाट सेवा सञ्चालन भएको बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जानकारी दिए ।

    विसं २०२२ मा आजकै दिन स्थापित बैंकको ५४औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले सबल र कमजोर पक्षलाई समीक्षा गर्दै नेपाल राष्ट्र बैंकको निर्देशनानुसार जनताको सेवामा चुस्त भएर लाग्न आग्रह गरे ।

    उनले सहुलियत कर्जा दिने विषयमा गम्भीर बन्न आग्रह गर्दै समृद्ध राष्ट्र निर्माणमा सबैको सहयोगको खाँचो औँल्याए। “युवा स्वरोजगार, कृषि, पशुपालन र महिला उद्यमका क्षेत्रमा बैंकहरुले सहयोग गर्नुपर्छ, त्यसबाट राष्ट्रिय उत्पादनमा योगदान पुग्छ, यसतर्फ ध्यान पुगोस्”, कावा प्रम पोखरेलले भने । रक्षामन्त्रीले युवालाई प्रोत्साहन गरी विदेशिएका जनशक्तिलाई फर्काउन सरकारले नीति मात्रै नभई व्यावहारिक योजना अघि बढाएको समेत जानकारी दिए ।

    कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले केही चुनौती हाम्रासामु रहे पनि विकासका लागि अर्थतन्त्र सक्षम छ भन्दै कर्जा र निक्षेपमा असन्तुलन रहेकाले यसतर्फ बैंक तथा वित्तीय संस्थाको ध्यानाकर्षण गराए । उनले सहुलियत कर्जाका विषयमा सर्वसाधारणबाट विभिन्न गुनासा आइरहेकाले अब जानकारी छैन, माथिको निर्देशन आएन भनेर आलटाल गर्न खोज्ने बैंकलाई कारवाही गरिने चेतावनीसमेत दिए ।

    पछिल्लो समयमा आयात ३४ र निर्यात ११ प्रतिशतले बढेकामा हाम्रोसामु अझै ठूलो चुनौती देखिएको उल्लेख गर्दै शिवाकोटीले विलासिता र महँगा गाडी, हीरा र सुन आयात नियन्त्रण गर्नुपर्ने औँल्याए । उनले बुधबार मात्रै राष्ट्र बैंकले विदेश जानेको हकमा डलर सटही ५०० बाट २०० मा झारेको जानकारी दिए । उनका अनुसार हाल नेपालमा कर्जा लिनेको सङ्ख्या १३ लाख ३३ हजार र ५८ लाखभन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता छन् ।

    वाणिज्य बैंक सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले सरकारी बैंक सबैको भरोसाको बैंक भएकाले सेवा उपलब्ध गराउने विषयमा गम्भीर हुनुपर्नेमा जोड दिए ।

    कार्यक्रममा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले २०६० सालमा रु २२ अर्ब ऋणात्मक रहेको बैंकको पूँजीकोष गत पुस मसान्तसम्ममा रु २२ अर्बले धनात्मक भएको जानकारी दिनुभयो । चालू आर्थिक वर्षको पहिलो चौमासिकसम्ममा बैंकको निक्षेप रु एक खर्ब ८२ अर्ब र कर्जा लगानी रु एक खर्ब ३४ अर्ब रहेको एवं ट्रेजरी बिल तथा अन्य लगानी रु ४५ अर्ब रहेको श्रेष्ठले जानकारी दिए ।

    बैंकको कूल सम्पत्ति रु दुई खर्ब चार अर्ब पुगेको जानकारी दिँदै उनले यस पटकको खुद नाफा रु एक अर्ब ९६ करोड रहेको उल्लेख गरे । आज सार्वजनिक विवरणानुसार वाणिज्य बैंकमा ३० लाखभन्दा बढी ग्राहक पुगेका छन् । सात लाख ५० हजारभन्दा बढीले मोबाइल बैंकिङ एप्लिकेशन प्रयोग गरिरहेका छन् ।

    Facebook Comments Box

    वाणिज्य बैक
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.