काठमाडौँ: धितोपत्र बोर्डले कर्पोरेट मोडलमा नयाँ स्टक एक्सचेन्जलाई अनुमति दिने योजना बनाएको छ ।
यसअघि नयाँ एक्सचेन्ज कम्पनी ल्याउन आन्तरिक रुपमा गृहकार्य थालेको बोर्देले आगामी आर्थिक वर्षमा पनि उक्त योजनालाई निरन्तरता दिने भएको हो ।
बोर्डले सोमबार सार्वजनिक गरेको आगामी वार्थिक वर्षको नीति तथा कार्यक्रममा यतो उल्लेख गरिएको छ ।
सरकारी स्वामित्वको नेपाल स्टक एक्सचेन्ज संचालनमा रहिरहेको सम्बन्धमा नयाँ थप्न थालेको भण्डारी सरोकारवालाहरुले विरोध गरेका थिए ।
सेयर बजारलाई थप व्यवहारिक र प्रतिस्पर्धी बनाउन अर्को एक्सचेन्ज कम्पनि थप्न गृहकार्य अघि बढाइएको बोर्डले जनाएको छ ।
अर्थतन्त्रको आकार र पुंजी बजारको आवश्यकता अनुसार बजारमा नयाँ एक्सचेन्ज कम्पनि चाहिएको र नयाँ कम्पनी अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधियुक्त हुने बोर्डको दावी छ ।
यसैगरी एकपटकका लागि भौतिक (डीम्याट नभएका) सेयर पनि दोश्रो बजारमा कारोबार गर्न पाइने व्यवस्था हुन लागेको छ । साना लगानीकर्तासँग कागजी रुपा रहेको साना (१०/२० कित्ता) सेयरलाई लक्षित गरी धितोपत्र बोर्डले उक्त व्यवस्था ल्याउन लागेको हो ।
यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।