काठमाडौँ: सुनको भाउ ६ वर्ष यताकै उच्च कायम भएको छ । शुक्रवार प्रतितोला ६२ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यसभन्दा अगाडि २०७० भदौ १२ गते अधिकतम ६३ हजार ३०० रुपैयाँ पुगेको थियो। त्यस पछिको सबै भन्दा धेरै मूल्यमा आज कारोबार भएको हो।
सबैभन्दा धेरै ६३ हजार ३०० रुपैयाँमा कारोबार भए पछि सबैभन्दा कम ४७ हजार ७०० रुपैयाँ सम्ममा कारोबार भएको थियो।
यसै अवधिमा सुनको मूल्य ५५/५६ हजार रुपैयाँमा कारोबार भए पनि पछिल्लो समय लगातर बढिरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा डलरको स्थिती कमजोर हुँदा सुनको भाउ बढिरहेको सुनचाँदी व्यवसायी महासघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए।
अमेरिका र चीनबीचको ट्रेडवारले गर्दा डलर कमजोर भैरहेको छ। यसै अवधिमा कसैले भन्सार लगाउने कसैले भन्सार नलगाउने विषयले विवाद सिर्जना भैरहेको छ।
उनले भने रुपैयाँको तुलनामा डलर मजबुत हुँदा नेपालमा सुनको मूल्य बढी भएको हो।