Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Sunday, November 8
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » तराईमा बढी विद्युत् चोरी भएको भन्दै केन्द्रीय कार्यालयबाटै अनुगमन टोली परिचालन

    तराईमा बढी विद्युत् चोरी भएको भन्दै केन्द्रीय कार्यालयबाटै अनुगमन टोली परिचालन

    पहिलोक्लिकपहिलोक्लिकFebruary 4, 2019No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ: नेपाल विद्युत् प्राधिकरणले तराईका जिल्लामा बढी विद्युत् चोरी भएको भन्दै केन्द्रीय कार्यालयबाटै अनुगमन टोली परिचालन गरेको छ ।

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रौतहटको गौर क्षेत्रमा विद्युत् चोरी अत्यधिक रहेको गुनासो आएपछि विद्युत् चुहावट नियन्त्रण महाशाखाका इञ्जिनीयर प्रदीपकुमार शर्माको नेतृत्वमा अनुगमन टोली परिचालन गरेका हुन् । टोलीले यही माघ १४ देखि २० गतेसम्म स्थलगत अध्ययन गरेको थियो ।

    अनुगमनको क्रममा स्थानीय तहका निर्वाचित जनप्रतिनिधिसमेत विद्युत् चोरीमा संलग्न रहेको पाइएको प्राधिकरणले जनाएको छ । जनताबाट निर्वाचित प्रमुख र वडाध्यक्ष नै विद्युत् चोरीमा संलग्न हुनु दुर्भाग्यपूर्ण रहेको कार्यकारी निर्देशक घिसिङको भनाइ छ ।

    रौतहटको गढीमाई नगरपालिका प्रमुख श्यामप्रसाद यादव र वडा नं ६ का वडाध्यक्ष रामसिंहघासन यादवले भने आफूहरु विद्युत् चोरीमा संलग्न नभएको बताए । प्राधिकरणको केन्द्रीय टोलीले स्थलगत अध्ययन गरेको भएपनि आफुहरुले विद्युत् चोरी नगरेको प्रमुख यादवले स्पष्ट पारे ।

    प्राधिकरणको महाशाखा काठमाडौँबाट खटिएको टोलीले गढीमाई प्रमुख यादवको ग्राहक नं ००८.१३.०१ र वडा नम्बर ६ का वडाध्यक्ष सिंघासनको ग्राहक नं ०७.२०.०३ ए तथा गरुडा नगरपालिका–१ का वडाध्यक्ष सरोजराय यादवको ग्राहक नं १८.०८.१९ ले आफ्नो घरमा विद्युत् चोरी गरी प्रयोग गरेको पाइएको आरोप लगाएकोे छ ।

    प्रमुख यादवले भने आफ्नो नगरपालिकामा विद्युत् चोरी भएको भन्ने गुनासोका आधारमा प्राधिकरणको टोलीले अनुमगन गरेको जानकारी दिए । प्राधिकरणको अनुगमन टोलीले भने गढीमाईको बिनगरमा रहेका दुई घरमा प्रमुख यादवले अङ्कुशे लगाएर विद्युत् चोरिरहेको फेला पारेको बताएको छ । टोली प्रमुख शर्माले चोरिएको लाइन काटिएको तर सुरक्षाका कारण नगर प्रमुखका घरमा राखिएको मिटर खोल्न नसकिएको बताए ।

    प्राधिकरणले भने प्रमुखले विद्युत् चोरी गरेको मुचुल्का तयार गरेको र त्यसमा प्रमुखका भाइ सञ्जीवकुमारले हस्ताक्षर गरेको अनुमगन टोलीका प्रमुख शर्माले जानकारी दिए । टोलीले गढीमाई ६ का वडाध्यक्ष सिंघासनले आफ्नो घर, वडा कार्यालय र धरमपुर स्वास्थ्यचौकीमा चोरीको विद्युत् प्रयोग भइरहेको फेला पारेको छ । वडाध्यक्ष सिंघासनले रासससँग कुरा गर्दै आफ्नो घरसमेत नभएको तथा छुट्टै बसेका छोरा र भाइकामा समस्या रहेको प्राधिकरणको टोलीले फेला पारेको दाबी गर्नुभयो । प्राधिकरणको टोलीले उहाँलाई रु एक लाख ५० हजार बराबरको जरिवाना गराएको छ ।

    यस्तै गरुडा नगरपालिका–१ का वडाध्यक्ष सरोजराय यादवले मिटर बाइपास गरी घरमा बिजुली प्रयोग गरेको पाइएको छ । टोली प्रमुख शर्माका अनुसार वडाध्यक्षले आफ्नो घरमा मात्रै हैन दाजुभाइको घरमा समेत चोरीको विद्युत् उपलब्ध गराएको पाइएको छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले विद्युत् चुहावट नियन्त्रणलाई उच्च प्राथमिकतामा राखी हरेक वितरण तथा ग्राहक सेवा केन्द्रलाई चुहावट घटाउने लक्ष्य बनाइएको बताए ।

    चोरी नियन्त्रण गर्ने, महशुल बक्यौता असुलीमा कडाइ गर्ने र प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर तथा वितरण लाइनको सुदृढीकरणलगायत काम अभियानकै रुपमा चलाइएको छ । प्राधिकरणले बढी विद्युत् चोरी हुने क्षेत्रमा विद्युत्भार कटौती गर्ने, विद्युत्को नियमित आपूर्तिका लागि ट्रान्सफर्मर नथप्ने तथा मर्मतसमेत नगर्ने भन्दै चोरी नियन्त्रणमा सघाउन आग्रह गरेको छ ।

    Facebook Comments Box

    प्राधिकरण विद्युत्
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.