काठमाडौँ: पूँजी बजारमा आज पुन: गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक बुधबार ७ दशमलब ३८ अंकले घटेर एक हजार १३९ दशमलब ७२ अंकमा पुगेको छ ।
यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ५२ अंकले घटेर २४२ दशमलब ५० अंकमा झरेको छ ।
आज कूल १६७ कम्पनीका 7 लाख ४६ हजार ९४६ कित्ता शेयर २३ करोड ५६ लाख ३६ हजार ८५९ मूल्यमा खरीद बिक्री भएका छन् ।
आजको सबै समूहको परिसूचकमा गिरावट आउँदा कारोवार रकममा समेत भारी गिरावट आएको छ ।
बाणिज्य बैंक ५ दशमलब ८४ अंक, विकास बैंक २ दशमलब ३८ अंक र जलबिधुत १५ दशमलब 5 अंकले घटेका छन् ।
त्यसैगरी, निर्जीवन बीमा समूहको परिसूचक २७ दशमलब ५४ अंकले, जीवन बीमा ४६ दशमलब ९५ अंकले र लघुवित्त १० दशमलब ८३ अंकले घटेका छन् ।