काठमाडौँ: साताको पहिलो कारोवारको दिन पूँजी बजारमा दोहोरो अंकले गिरावट आएको छ । नेप्से परिसूचक आज आइतबार १२ दशमलब ०५ अंकले घटेर एक हजार १२७ दशमलब ५३ अंकमा कायम भएको छ । आजको कारोवारमा होटल बाहेक सबै समूहको परिसूचकमा भारी गिरावट आएको छ ।
सबैभन्दा बढी जीवन बीमा समूहको परिसूचक १६० दशमलब २६ अंकले, निर्जीवन बीमा ११० दशमलब ०८ अंकले र जलबिधुत २६ दशमलब १८ अंकले घटेका छन् ।
त्यसैगरी, बाणिज्य बैंक ६ दशमलब ७२ अंकले, विकास बैंक १४ दशमलब ६५ अंकले, लघुवित्त १५ दशमलब ७१ अंकले र बित्त ५ दशमलब ७२ अंकले घटेका छन् ।
यधपी, होटल समूहको परिसूचक ११ दशमलब ६८ अंकले बढेको छ ।
आज १६० कम्पनीको ७ लाख ८२ हजार ४७७ शेयर २३ करोड ५१ लाख, ९४ हजार ८८३ मूल्य बरावरको किनबेच भएका छन् ।