काठमाडौँ: नेपाल राष्ट्र बैंकले दुई अर्ब ५३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले पछिल्लो समयमा लगातार ट्रेजरी बिल बिक्री गर्दै आएकामा सोमबार पुनःटे«जरी बिल बिक्री गर्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार सोमबार बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको टे«जरी बिल बिक्री गर्न लागिएको हो । बैंकले ९१ दिने अवधिका लागि उक्त बिल बिक्री गर्न लागिएको जनाएको छ ।
उक्त ट्रेजरी बिल खरिदका लागि आज सोमबार (माघ २८ गते) सोमबार अपरान्ह ३ बजेसम्म आवेदन दिइसक्नु पर्ने राष्ट्र बैंकले जनाएको छ ।
डिसकाउन्ट दर १५ प्रतिशत रहेको उक्त ट्रेजरी बिलको आम्दानीमा कर लाग्ने छ ।
Facebook Comments Box