काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले २००७ साल फागुन ७ गते अघि भागेको राजतन्त्र फेरी नाम्लो लगाएर डोको बोकेर भित्राइएको अवस्थाहुँदै २०६२/६३ को जनआन्दोलनपछि नक्कली शिहाँसनमा एउटा पुतली राखेर तमाशाको लोकतन्त्र देशले प्राप्त गरेको स्थितीबाट अहिले संघीय लोकतान्त्रिक गणतान्त्रात्मक व्यवस्थामा आइपुगेको बताएका छन्।
“हामी लोकतन्त्रका ६८ वर्ष पूरा गरेर ६९ औं वर्षमा प्रवेश गर्दै गर्दा अहिले देशमा संघीय लोकतान्त्रिक गणतन्न्त्रात्मक शासन व्यस्था लागु भएको जुन जनाताको त्याग र बलिदान र इच्छाबाट सम्भव भएको छ।” प्राधानमन्त्री ओलीले सो बिचार सोमबार बिहान यही फागुन ७ गते मनाइने ६९ औं प्रजातान्त्र दिवश मूल आयोजक समारोह समितिको बैठकमा ब्यक्त गरेका हुन्।
उनले भने, २००७ सालबाट लोकतन्त्र आए पनि लोकतान्त्रिक प्रणाली अन्तर्गतका लोकतान्त्रिक व्यवस्थाभित्रका वर्षहरु भने रहन नसकेको बताए।
“निकै उथल पुथल उतार चडाव फेरी पनि शक्ति संघर्ष फेरी पनि जनताले अधिकार प्राप्तिका निम्ति गर्नु पर्ने संघर्ष, यस्ता कुराहरु रहिरहे,” उनले भने।
अनेक प्रकार समस्याहरु यसबीचमा आइपरे, तर यतिबेला हामी एउटा निष्कर्षमा पुगेका छौँ, अव हाम्रो विगतका अनुभवहरुले हामीलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यस्थामा पुर्याएको छ, आज हामीले प्राप्त गरेका २००७ साल फागुन ७ को तहमात्रै होइन त्यो भन्दा भिन्न ढंग र फराकिलो लोकतन्त्रमा छौं, ओलीले भने।
“त्यती बेला भागेको राजतन्त्र फेरी नाम्लो लगाएर डोको बोकेर भित्र्याइएको अवस्था थियो, एउटा नक्कली राजतन्त्र यहाँ पनि जडान गरिएको थियो, भागेको राजतन्त्र, नक्कली शिंहाशनमा एउटा पुतली राखेर तमासाको लोकतन्त्र हामीले प्राप्त गरेका थियौं, त्यसको परिणाम संबिधान पाउन ७ वर्ष लाग्यो, चुनाव पाउन आठ वर्ष लाग्यो, खोसिन न चाहीं डेढ वर्ष मै खोसियो, खुसीको कुरा त्यो स्थित्ति अन्त्य भएको छ र आज हामी संघिय लोकतान्त्रिक गणतन्त्रमा छौं।
अहिले पनि नेपाली सामाजिक बिभितातालाई देशमा अनेक शक्ति दुरुपयोग गर्न खोजेको आरोप लगाए।
उनले देशमा द्वन्द व्यवस्थापनका नाममा राम्रो बिजनेस चलाउन पनि खोजिएको र त्यसको पनि हामीले ब्यवाश्तापन गरेको उनले बताए।