काठमाडौँ: साताको पहिलो कारोवारको दिन आज पूँजी बजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक आइतबार ३ दशमलब ३५ अंकले घटेर एक हजार १०९ दशमलब ७२ अंकमा पुगेको छ ।
यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शुन्य दशमलव ७६ अंकले घटेर २३६ दशमलब १६ अंकमा झरेको छ ।
आज कूल १७३ कम्पनीका ८ लाख २८ हजार ८५३ कित्ता शेयर २१ करोड ७ लाख ३२ हजार १४७ मूल्यमा खरीद बिक्री भएका छन् ।
नेप्से संगै कारोवार रकममा समेत भारी गिरावट आएको छ ।
बाणिज्य बैंक शुन्य दशमलब ९२ अंक, जलबिधुत ८ दशमलब ३४ अंकले, जीवन बीमा ५३ दशमलब ७५ अंकले र निर्जीवन बीमा ९ दशमलब ०५ अंकले घटेका छन् ।
यधपी, विकास बैंक समूहको परिसूचक ३ दशमलब ६८ अंक र होटल ५ दशमलब ५ अंकले बढेका छन् ।