Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Sunday, November 8
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » शिक्षाविद् माथेमा भन्छन- सामुदायिक विद्यालयलाई ‘पोथीले चल्ला छोपेजस्तो’ संरक्षण चाहिन्छ

    शिक्षाविद् माथेमा भन्छन- सामुदायिक विद्यालयलाई ‘पोथीले चल्ला छोपेजस्तो’ संरक्षण चाहिन्छ

    पहिलोक्लिकपहिलोक्लिकFebruary 17, 2019No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ : शिक्षाविद् केदारभक्त माथेमा सरकारले शिक्षा क्षेत्रमा लगानी बढाएर कुखुराको ‘पोथीले चल्ला छोपेजस्तो’ गरी संरक्षण दिनुपर्ने बताएका छन ।

    शिक्षा पत्रकार समूहको १९औँ वार्षिकोत्सव कार्यक्रममा त्रिविका पूर्वउपकुलपति माथेमाले सामुदायिक विद्यालयको गुणस्तर खस्कनु र विज्ञान, गणित तथा अङ्ग्रेजीजस्ता विषयमा सिकाइ उपलब्धि न्यून हुनुमा राज्यले प्राथमिकता दिन नसकेकाले हो भने । उनले भने, “हुन त सरकारको पर्याप्त स्रोत छैन तर शिक्षाको मौलिक हक कार्यान्वयनका लागि सरकारले सामुदायिक विद्यालयलाई पूर्ण संरक्षण दिनुपर्छ ।”

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले एउटै ढाँचाको सिकाइबाट नभई विविध प्रयोगका माध्यमबाट शैक्षिक रुपान्तरण सफल हुने भन्दै निःशुल्क शिक्षाको कार्यान्वयनका लागि वैकल्पिक स्रोतको खोजी गर्न सरकार लागिपरेको जानकारी दिए । उनले सामुदायिक विद्यालयमा दरबन्दी व्यवस्थापन असन्तुलित हुनुमा बिना नक्साङ्कन र योजनाबिना विद्यालय स्वीकृति दिने विगतको अभ्यास बाधक रहेको टिप्पणी गर्दै स्रोतको सुनिश्चितता नभएसम्म विद्यालयको स्तरोन्नतिको सिफारिश नगर्न स्थानीय तहलाई आग्रह गरे ।

    त्रिभुवन विश्वविद्यालयका पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख प्रा चिरञ्जीवी खनालले विधागत पत्रकारिता खोजमूलक रिपोर्टिङमा जान सकेमा समाजमा रुपान्तरण हुने जनाए । शिक्षाविद् डा सुशन आचार्यले पूर्वप्रथामिक र आधारभूत तहको जग बलियो नभएसम्म माध्यमिक र विश्वविद्यालय तहको शिक्षामा गुणस्तर वृद्धि हुने धारणा राखे ।

    कार्यक्रममा बालमैत्री वातावरणमार्फत आफ्नो विद्यालयको सुधारमा नेतृत्व गर्ने काठमाडौँको पञ्चकन्या आधारभूत विद्यालयका प्रअ विनिता रञ्जित र सिरहाको जनता आधारभूत विद्यालयका प्रअ देवकुमार महतोलाई सम्मान गरियो । सम्मानित रञ्जितले ५ वर्षभित्र विद्यालयलाई नमूना बनाइने लक्ष्यअन्तर्गत हाल स्मार्ट कक्षाको थालनी गरिएको बताए । अर्का सम्मानित महतोले स्थानीय पाठ्यक्रम तयारी र बाल पुस्तकालय निर्माण गरेर बालबालिकालाई शिक्षा दिइएको जनाए ।

    समूहका अध्यक्ष रोश्ना सुब्बाले शिक्षा पत्रकारहरु कक्षाकोठाको रिपोर्टिङ गर्न उन्मुख भएको बताए । समूहका पूर्वअध्यक्ष प्रकाश सिलवालले नेपालमा समूहको स्थापनासँगै मूलधारका सञ्चारमाध्यममा शिक्षा पत्रकारिताको जग बसेकाले संस्था थप सक्रिय हुने अपेक्षा व्यक्त गरे ।

    Facebook Comments Box

    विद्यालय
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.