Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Thursday, November 12
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » ‘आफु आएपछि ८४ करोड १५ लाख भुक्तानी भयो, मैले कसरी १ अर्ब खानू ?’

    ‘आफु आएपछि ८४ करोड १५ लाख भुक्तानी भयो, मैले कसरी १ अर्ब खानू ?’

    पहिलोक्लिकपहिलोक्लिकFebruary 22, 2019No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ: खानेपानीमन्त्री विना मगरले जुनसुकै प्रक्रिया अपनाएर पनि छिट्टै राजधानीमा मेलम्चीको पानी ल्याउने तयारी मन्त्रालयले गरिरहेको बताउनुभएको छ ।

    प्रतिनिधिसभाको आजको बैठकमा मेलम्ची खानेपानी आयोजनाको खानेपानी काठमाडौँवासीले कहिले पिउन पाउँछन् भन्ने सांसद डिला सङ्ग्रौलाले सोधेकोे प्रश्नको जवाफमा मन्त्री मगरले सिएमसीले ठेक्का छाडेकाले पूर्वनिर्धारित तालिकानुसार पानी आउन नसकेको बताउनुभयो ।

    “अहिले मन्त्रालय दुई वटा विकल्प लिएर अघि बढेको छ, पहिलो सिएमसी आए छिटो समस्या समाधान हुन्छ, पानी छिटो आउँछ, यसैले सरकारले संयमतापूर्वक छलफल अघि बढाएको छ, पुनःबोलपत्र आह्वान गरी छिटो पानी ल्याउने अर्को तयारी पनि गरिएको छ”, उहाँले भन्नुभयो ।

    मन्त्रालयका पूर्वसचिव गजेन्द्रकुमार ठाकुर र मन्त्रीबीचको विवाद र सिएमसीसँग कमिशन मागिएका सम्बन्धमा भइरहेको सार्वजनिक टीकाटिप्पणीको सत्यतथ्य के हो भनी सांसद सङ्ग्रौलाले पूरक प्रश्न राख्नुभएको थियो । सांसदका पूरक प्रश्नको उत्तर दिँदै मन्त्री मगरले मेलम्ची आयोजनालाई आफू मन्त्री भएर आएपछि गतिका साथ अघि बढाएकाले तुलनात्मक रुपमा काम भएको जिकिर गर्नुभयो ।

    “म आएपछि धेरै काम भएको हो, निर्माण कम्पनी सिएमसीको लापर्वाहीले परिणाम दिन सकिएन, सुरुङ ‘ब्रेक थ्रु’र ‘भ्यान्टिलेसन’ निर्माण प्रक्रिया शुरु हुनु, फिनिसिङ अन्तिम चरणमा पुग्नु यसका उदाहरण हुन्”, उहाँले भन्नुभयो ।

    सिएमसी गएपछि अन्योल छाउनु दुर्भाग्य भए पनि त्यसको भोलिपल्टदेखि नै कसरी काम अघि बढाउने भन्ने विषयमा मन्त्रालयले गृहकार्य गरिरहेको जानकारी उहाँले संसद्लाई दिनुभयो ।

    छिटो पानी ल्याउन सरकारका तर्फबाट निरन्तर प्रयत्न भइरहेको बताउँदै मन्त्री मगरले सिएमसी नआए पनि तीव्ररुपमा काम गर्ने गरी पुनःबोलपत्र आह्वानको तयारी गरिएको सुनाउनुभयो । दुवै प्रयास समानान्तर रुपमा भइरहेको उहाँको भनाइ थियो । ‘भेण्डर’को समस्या समाधान गर्न सिएमसी आए सहज हुने भएकाले त्यसको प्रयास भइरहेको जनाइएको छ ।

    ठेक्काको मान्यताभित्र रहेर काम गर्ने गरी आए सिएमसीलाई स्वागत गरिने तर विधि बाहिर गएर काम गर्न नसकिने मन्त्री मगरले बताउनुभयो ।
    “मेरो सफलताको विषय पनि हो मेलम्ची आयोजना, पूर्वसचिवलाई पहिलो प्राथमिकतामा राखेर मेलम्चीको काम गर्न निर्देशन दिएकामा नगरेपछि सरुवा भएको हो”, उहाँले भन्नुभयो ।

    आफू आएपछि रु ८४ करोड १५ लाख मेलम्ची आयोजनाले भुक्तानी दिएकामा रु एक अर्ब खाएको भनी प्रचार गरिएकामा मन्त्री मगरले आपत्ति जनाउनुभयो । मेलम्चीको विकल्पका रुपमा उपत्यकाका महादेवखोलालगायत पानीको स्रोतका बारेमा छलफल भइरहेको मन्त्रालयले जनाएको छ ।

    यससम्बन्धी प्रस्ताव अर्थ मन्त्रालयमा पनि पुगेको उहाँले प्रतिनिधिसभालाई जानकारी दिनुभयो । मेलम्चीको पाइप छिटो बिछ्याइ सकेर सडक बनाउने तयारी भइरहेको छ ।

    उपत्यका वरपर जलाधार क्षेत्र घोषणा गर्ने गतिमै मन्त्रालयले काम गरिरहेको उहाँले बताउनुभयो । मेलम्ची आयोजना हेर्न स्थलगतरुपमा जाँदा बनाइएको कार्ययोजनानुसार नै आफूले पानी आउने मिति घोषणा गरेको जानकारी पनि उहाँले दिनुभयो ।

    त्यसअघि पूरक प्रश्न गर्दै सांसद राजेन्द्रकुमार केसीले गत वैशाखमै पानी आउँछ भनी भाषण भइरहेको थियो किन ढिलाइ भयो, अब पानी आउने प्रष्ट तिथिमिति जानकारी पाऔँ भनी माग गर्नुभएको थियो ।
    सांसद महेश बस्नेतले मेलम्चीले पाइप विस्तार गरेको स्थानका सडक असरल्ल छ, कहिले बन्छ भन्दै सरोकार भएका निकायलाई राखेर मन्त्रालयले बहस गर्नुपर्ने सुझाव दिनुभयो ।

    सांसद गगनकुमार थापाले पूर्वसचिव ठाकुरले सिएमसीलाई रु तीन करोड दिएर फर्काउन नमान्दा आफू सरुवामा परेको भनी दिएको सार्वजनिक टिप्पणीमा दोषी को हो जान्न पाउने जनताको अधिकार रहेको भनी ध्यानाकर्षण गराउनुभयो ।

    सांसद प्रेम सुवालले चार आर्थिक वर्षसम्म समय तोक्दा पनि काठमाडौँ उपत्यकामा पानी नआएकाले उपत्यका वरपरका जलाधारको संरक्षण गर्ने सम्बन्धमा मन्त्रालयको के कार्यक्रम छ भनी प्रश्न राख्नुभएको थियो । सांसद बहादुरसिंह लामाले सिएमसी कम्पनीले ९५ प्रतिशत काम गरेको भनिए पनि कागजातको अध्ययन गर्दा ८० प्रतिशत मात्र काम भएको देखिने बताउनुभयो ।

    Facebook Comments Box

    मेलम्ची खानेपानी
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.