Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Sunday, November 8
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » काठमाडौँको विद्युत् प्रणाली भूमिगत गरिंदै, भारतीय कम्पनी केइआइ इन्ड्रष्ट्रिज छनोट

    काठमाडौँको विद्युत् प्रणाली भूमिगत गरिंदै, भारतीय कम्पनी केइआइ इन्ड्रष्ट्रिज छनोट

    पहिलोक्लिकपहिलोक्लिकFebruary 24, 2019No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ: विद्युतीय दुर्घटनाको जोखिम न्यून गर्दै, शहरको सौन्दर्य बढाउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकाको प्रशारण प्रणालीलाई भूमिगत गर्ने भएको छ । प्राधिकरणले पहिलो चरणमा काठमाडौँको महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा बिजुलीको तारलाई भूमिगत तथा वितरण प्रणालीलाई स्वचालित गर्न निर्माण व्यवसायी छनोट गरेको छ ।
    ती वितरण केन्द्रअन्तर्गतको विद्युत्को तारलाई भूमिगत गर्न सबैभन्दा कम रकम बोलकबोल गर्ने भारतीय कम्पनी केइआइ इन्ड्रष्ट्रिज लिमिटेड छनोट भएको हो ।
    प्राधिकरणले यही फागुन ६ गते बोलपत्रको नतीजा सार्वजनिक गर्दै छनोट भएको कम्पनीलाई कार्यसम्पादन जमानतसहित खरीद सम्झौताका लागि आउन पत्राचार गरेको छ । कम्पनीले सूचना जारी भएको २८ दिनभित्र कार्यसम्पादन जमानतसहित ठेक्का सम्झौताका लागि आउनु पर्ने व्यवस्था छ । संसारभर नै शहरी क्षेत्रमा विद्युत् वितरण तथा प्रसारण प्रणाली भूमिगत गरिएको छ ।
    शहरको आफ्नै सौन्दर्य हुन्छ । जताततै विद्युत् र टेलिफोनका तारका कारण शहर कुरुप मात्रै बनेको छैन, दुर्घटनाको जोखिम समेत उत्तिकै बढाएकाले प्रसारण तथा वितरण प्रणाली भूमिगत गर्न लागेको प्राधिकरणको भनाइ छ ।
    कम्पनीसँग महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको कामका करीब रु तीन अर्ब ६० करोडमा ठेक्का सम्झौता हुनेछ । कम्पनीले रत्नपार्क वितरण केन्द्रअन्तर्गतको काम करीब रु तीन अर्ब १२ करोड १५ लाखमा सम्पन्न गर्नेछ ।
    मध्य तथा उत्तर काठमाडौँ (महाराजगञ्ज)का आयोजना प्रमुख अभिषेक अधिकारीका अनुसार कम्पनीले कार्यसम्पादन जमानत ल्याएपछि ठेक्का सम्झौता हुनेछ । ठेक्का सम्झौताका सम्पूर्ण प्रक्रिया पूरा गरी आगामी जेठदेखि काम गर्ने लक्ष्य तय गरिएको अधिकारीले जानकारी दिए ।

    उनका अनुसार कम्पनीले ठेक्का कार्यान्वयनमा आएको ३० महिनाभित्र काम सक्नु पर्नेछ । प्राधिकरणले यसअघि अनुमानित लागतभन्दा महँगो दर आएपछि पुरानो ठेक्का रद्द गरी नयाँ प्रक्रिया शुरु गरेको थियो ।

    पहिलो चरणमा काठमाडौँको पूर्व तथा दक्षिणमा पर्ने बागबजार, असन, दरबारमार्गलगायत रत्नपार्क वितरण केन्द्रले समेटेका क्षेत्र र मध्य तथा उत्तरका बालुवाटार, गोङ्गबु, सामाखुसीलगायतका महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा पर्ने विद्युत् वितरण प्रणालीलाई भूमिगत तथा स्वचालित बनाउन लागिएको प्राधिकरणले जनाएको छ ।

    ठेकेदार कम्पनीले भूमिगत वितरण प्रणालीको डिजाइन, समान आपूर्ति, जडान र सञ्चालन गर्नु पर्नेछ । पहिलो चरणमा महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रका मुख्य सडकमा ११ केभी र ४०० भोल्टका प्रणालीलाई भूमिगत र स्वचालित ‘अटोमेसन’ गरिनेछ । प्रसारण लाइन भूमिगत गरिएसँगै ती वितरण केन्द्रअन्तर्गतका करीब ९० हजार ग्राहकका घरमा स्मार्ट मिटर जडान गरिनेछ । स्मार्ट मिटर जडान भएपछि मिटर रिडर समेत नचाहिने र ग्राहकले के कति मात्रामा विद्युत् प्रयोग गर्ने हो आफैँ निर्धारण गर्न सक्नेछन् ।

    वितरण प्रणालीलाई भूमिगत गर्नुका साथै अप्टिकल फाइबर बिच्छाउने र बिजुली वितरणको तथ्याङ्क राख्न बेग्लै केन्द्र स्थापना हुनेछ । सोही केन्द्रले ग्राहकको सम्पूर्ण गतिविधिका बारेमा जानकारी राख्नेछ ।

    दोस्रो चरणमा अन्य महानगरपालिका र उपमहानगरपालिकामा समेत भूमिगत लाइन विस्तार गरिनेछ । यस्तै विद्युत् प्रणालीको आधुनिकीकरण र स्मार्ट मिटर जडान गर्ने योजना समेत प्राधिकरणको रहेको छ ।

    सडक खन्दा सर्वसाधारणलाई धेरै सास्ती खेप्न नपरोस् भनेर ‘होराइजेन्टन डाइरेक्सनल ड्रिलिङ’ प्रविधि अपनाइने छ । यो प्रविधि अपनाउँदा केही मिटरको दूरीमा दुई खाल्डा खनेर बीचमा भूमिगत तरीकाले नै तारसहितको पाइप हाल्न सकिने प्राधिकरणको. भनाइ छ ।

    Facebook Comments Box

    विद्युत् प्रणाली
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने

    October 29, 2026

    तीन महिनामा नेपालको वैदेशिक व्यापार ४०.७१ प्रतिशतले वृद्धि

    October 29, 2026

    राष्ट्रसंघीय सम्मेलनमा मन्त्री श्रेष्ठको आह्वान : जलवायु तथा भू-विपद्को सामना गर्न क्षेत्रीय सहकार्य र प्रविधि उपयोग गरौं

    October 28, 2026

    सीमापार विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई आशयपत्र (LoI), ऊर्जा व्यापारमा नयाँ अध्यायको सुरुवात

    October 28, 2026

    विद्युत् व्यापार आशयपत्रको इप्पानद्वारा स्वागत, अनुमतिपत्रको सुनिश्चितता गर्न माग

    October 28, 2026

    असोजमा झण्डै ६ अर्ब रुपैयाँको विद्युत निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु

    October 25, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.