काठमाडौँ: साताको दोस्रो कारोवारको दिन शेयर बजारमा ७ दशमलब ४१ अंकले वृद्धि भएको छ । साताको पहिलो दिन आइतबार दोहोरो अंकले ओरालो लागेको सेयर बजार दोस्रो सुधार देखिएको छ ।
बजार ७.४१ अंकले बढ्दा नेप्से परिसूचक १ हजार १ सय ९ दशमलव ७३ अंकमा पुगेको छ ।
आज भएका ४ हजार ३ सय १९ कारोबारबाट विभिन्न कम्पनीका ७ लाख २० हजार ८ सय ४५ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम २० करोड ३८ लाख ३९ हजार ८ सय ६४ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । आजको कारोवारमा बित्त बाहेक सबै समूहको परिसूचक बढेका छन् ।
बाणिज्य बैंक समूहको परिसूचक ४ दशमलब ०७ अंक, होटल एक दशमलब ५२ अंक, विकास बैंक २ दशमलब २७ अंक, जलबिधुत ५ दशमलब १३ अंक र उत्पादन २० दशमलब २७ अंकले बढेका छन् ।
त्यसैगरी, जीवन बीमा ६० दशमलब ०२ अंक र निर्जीवन बीमा ७२ दशमलब १७ अंकले बढेका छन् ।