Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Sunday, November 8
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » राष्ट्रपति होइन काङ्ग्रेसको सभापति तथा प्रधानमन्त्री बन्ने लक्ष्य राखेको थिएँ : पूर्वराष्ट्रपति यादव

    राष्ट्रपति होइन काङ्ग्रेसको सभापति तथा प्रधानमन्त्री बन्ने लक्ष्य राखेको थिएँ : पूर्वराष्ट्रपति यादव

    पहिलोक्लिकपहिलोक्लिकFebruary 26, 2019No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ : पूर्वराष्ट्रपति डा रामवरण यादवले राजनीतिक दललाई सहमत बनाउन नसकेको तथा कठिन र तरल अवस्थामा पनि अर्को संविधानसभाबाटै जनतालाई संविधान दिनुपर्ने बाध्यताका कारण तत्कालीन बहालवाला प्रधानन्यायाधीशलाई सरकार प्रमुख बनाउनु परेको सम्झना गर्दै आफूले राजनीति गर्दा नेपाली काङ्ग्रेसका सभापति तथा प्रधानमन्त्री हुने लक्ष्य राखेको तर राष्ट्रपति हुने अपेक्षा कहिल्यै नगरेको बता\एका छन् ।

    सर्वोच्च अदालतका पूर्वरजिस्ट्रार र नेशनल ल कलेजका संस्थापक प्रमुख तथा कार्यकारी निर्देशक डा रामकृष्ण तिमल्सेनाद्वारा लिखित ‘अदालतभित्र अदालतबाहिर’ पुस्तकको आज ललितपुरमा विमोचन गर्दै पूर्वराष्ट्रपति यादवले वर्तमान संविधान आधुनिक र काम गर्न सक्ने संविधान भएकाले सोही आधारमा सङ्घीय गणतन्त्रात्मक समावेशी, धर्मनिरपेक्ष लोकतन्त्रलाई निरन्तर कायम गर्न सकिनेमा जोड दिए ।

    उनले नेपालको इतिहासका कठिन समयमा अदालतले प्रजातन्त्रको रक्षा गरेको बताउँदै आमसञ्चार, नागरिक समाज र चेतनशील समुदायले पनि अदालतको सहयोगीको भूमिका निर्वाह गर्नुपर्ने बताए । पूर्वराष्ट्रपति यादवले संविधानसभामार्फत हतारमा एकमुष्ट रूपमा संविधान पारित गर्नुपर्ने अवस्था बनेको सम्झँदै कानूनजस्ता कुरालाई पर्याप्त समय दिएर छलफल गरेर अन्तिम रूप दिनु उपयुक्त हुने धारणा व्यक्त गरे \ ।

    करीब ३०० पृष्ठको पाँच खण्डमा विभाजित र न्यायालयमा करीब ३१ वर्षको अनुभव समेटिएको पुस्तक विमोचनका क्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश अनुपराज शर्माले बङ्गलादेशमा समेत प्रयोग हुन छोडेको बहालवाला प्रधानन्यायाधीशलाई सरकार प्रमुख बनाउनेमा आफू सहमत नभएको बताउँदै बहुदलीय प्रणाली भएको मुलुकमा स्वतन्त्र व्यक्तिको सरकार बन्ने र बहालवाला प्रधानन्यायाधीश सरकार प्रमुख बन्ने कुरा प्रजातान्त्रिक नभएको दाबी गरे ।

    सात जना पूर्वप्रधानन्यायाधीशसँग रजिस्ट्रारका रूपमा काम गर्दा उनिहरूको व्यक्तित्व समेतका विषयमा लेखिएको पुस्तकका सम्बन्धमा पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझीले सर्वोच्च अदालतमा काम गर्दा आफूलाई थाहा नभएको विषयमा समेत जानकारी समेटिएको उल्लेख गरे । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले कानूनी क्षेत्रको पनि साहित्य हुने र साहित्यले कानून जस्तो निरस विषयलाई पनि सहयोग गर्नसक्ने विषयमा बहस हुनुपर्नेमा जोड दिँदै सुशासन, विकास, कानूनी राज्य तथा लोकतन्त्रले सँगै काम गर्नुपर्ने बताए ।

    पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद शाहले अदालत प्रशासन र न्याय प्रशासन निकै जटिल विषय भएको बताउँदै आजको अदालतको अवस्था निकै भिन्न भएको र नयाँ पुस्ताले नै अदालतप्रति जनआस्था कायम गर्नसक्ने र त्यसको गरिमा जोगाउनसक्ने धारणा व्यक्त गरे । उद्योगपति तथा समाजसेवी डा उपेन्द्र महतोले हरेक व्यक्तिको मनमा अदालत हुने र त्यो अदालतले भनेको कुरा सुन्दा बाहिरको अदालत आवश्यक नपर्ने बताए ।

    पुस्तकका समीक्षक, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का पोलिटब्यूरो सदस्य तथा पूर्वशिक्षामन्त्री डा गङ्गालाल तुलाधरले हाल सुरक्षाकर्मी, पूर्वप्रशासक, राजनीतिज्ञ सबैमा आत्मकथा लेख्ने चाहना बढेको बताउँदै न्यायालयमा बस्नेले पनि जीवनी लेख्दा कठिनाइ आउनसक्ने बताए । फ्रिडम फोरमका प्रमुख तथा नेपाल पत्रकार महासङ्घका पूर्वसभापति तारानाथ दहालले उक्त कृति आत्मकथा नभई अनुभवको मिश्रण भएको बताउँदै ‘न्यायपालिकामा क्षमता भएका व्यक्तिलाई किन अवसर दिइँदैन प्रश्न गर्नुपर्छ’ भने ।

    विमोचित पुस्तकका लेखक डा रामकृष्ण तिमल्सेनाले जीवनलाई विदेशी भाषा सिकाइसँग तुलना गर्दै आफ्नो ब्रह्मले देखेका कुरा लेखेको बताए । पुस्तक प्रकाशक घोस्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकालले छायाँ लेखनको इतिहास ३०० वर्षको भइसकेको बताउँदै प्रत्येक व्यक्ति आफैँमा महापुरुष भएकाले उसले आफैँ वा छायाँ लेखनका माध्यमबाट आफ्नो अुनभव पछिल्लो पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताए । लेखकका परिवारका सदस्यका रूपमा पुष्पा पोखरेलले यसै पुस्तकबाट लेखकका अन्य आयाम तथा न्यायापालिकाको अवस्थाबारे थप बुझ्न सकिएको बताइन ।

    Facebook Comments Box

    काङ्ग्रेस पूर्वराष्ट्रपति यादव
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.