काठमाडौँ: देवः विकास बैंक लिमिटेडले बारवर्दिया नगरपालिकाको वडा नं ६ स्थित मगरागढीमा र मधुवन नगरपालिकाको वडा नं. ६ स्थित सानोश्री, तारातालमा आफ्ना शाखा कार्यालय विस्तार गरेको छ ।
मगरागढी शाखा कार्यालयको बारवर्दिया नगरपालिकाका प्रमुख दुर्गा बहादुर थारुले बिहिबार एक कार्यक्रमका बीच उद्घाटन गरे ।
बैंकका संचालक समितिका अध्यक्ष अवकास प्राप्त उपरथी बज्र गुरुङ्गको सभापतित्वमा संचालन भएको उक्त कार्यक्रममा बारबर्दिया नगरपालिकाका प्रमुख थारुले स्थानीय उद्यमशीलता तथा कृषि क्षेत्रको विकाससँग सँगै यस क्षेत्रको आर्थिक एवं सामाजिक विकासमा देवः विकास बैकले अग्रणी भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिए ।
यसै बीच मधुवन नगरपालिकाको वडा नं. ०६ स्थित सानोश्री, ताराताल शाखा कार्यालयको मधुवन नगरपालिकाको प्रमुख गणेश बहादुर के.सीले उद्घाटन गरेका थिए ।
के.सीले ताराताल शाखाबाट प्रदान गरिने बैंकिङ्ग सेवाबाट सानोश्री, ताराताल क्षेत्रको सर्वाङ्गिण आर्थिक परिवर्तन र कृषि लगायत व्यापार व्यवसायको विकास सँगसँगै बर्दिया जिल्लाको ग्रामिण क्षेत्रका सेवाग्राहीहरुमा वित्तीय पहँुच पु¥याउन सहयोग पुग्ने बताए ।
उपरोक्त कार्यक्रम बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद श्रेष्ठले स्थानीय निक्षेपकर्ता, व्यवसायी, उद्यमीहरुलाई सरल, सुलभ तथा सुरक्षित बैकिङ्ग सेवा प्रदान गर्नका साथ साथै प्रदेश नं. ५ मा विस्तार गरिने शाखाहरुलाई समन्वय तथा यस क्षेत्रका ग्राहकवर्गहरुलाई सहज वित्तीय पहँुचका साथै निक्षेपकर्ता, स्थानिय व्यवसायी, उद्यमी, औद्योगिक तथा व्यवसायिक संघ संस्थासँग सुमधुर, प्रगाढ र व्यवसायिक सम्बन्ध बनाई आर्थिक गतिविधिको विकास र विस्तार गर्न सकारात्मक भुमिका निर्वाह गर्ने बताए ।