Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सेयर बजारमा हरियाली फर्कियो, नेप्से १५ अंकले बढ्दा कारोबार ५ अर्ब ५५ करोडमाथि

    November 24, 2026

    सडकमा गुडिरहेका सवारीमध्ये ३० प्रतिशतभन्दा बढी प्रदूषण फैलाउने

    November 24, 2026

    प्रधानमन्त्रीको भारत भ्रमणमाथि गगनको प्रश्न, ‘दीर्घकालीन महत्त्वका काम देखिएनन्’

    November 24, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • सेयर बजारमा हरियाली फर्कियो, नेप्से १५ अंकले बढ्दा कारोबार ५ अर्ब ५५ करोडमाथि
    • सडकमा गुडिरहेका सवारीमध्ये ३० प्रतिशतभन्दा बढी प्रदूषण फैलाउने
    • प्रधानमन्त्रीको भारत भ्रमणमाथि गगनको प्रश्न, ‘दीर्घकालीन महत्त्वका काम देखिएनन्’
    • सुनकोसी–मरिण ठेक्का रद्द भए मधेसमा आगो बल्ने मनिष झाको चेतावनी!
    • १८४ अर्बको ऋण तत्काल नलिने सरकारको निर्णय, ‘ब्याज र भुक्तानी अवधि नै टुंगिएको छैन’
    • मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?
    • ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
    • मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Wednesday, November 25
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » मधेसमा रणनीतिक आयोजनाहरूको निर्माण तीव्र

    मधेसमा रणनीतिक आयोजनाहरूको निर्माण तीव्र

    पहिलोक्लिकपहिलोक्लिकAugust 13, 2026No Comments
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौं: मधेस प्रदेशमा बढ्दो विद्युत् माग, कमजोर वितरण पूर्वाधार र औद्योगिक क्षेत्रमा देखिँदै आएको विद्युत् आपूर्तिको चुनौतीलाई सम्बोधन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले उच्च प्राथमिकताका साथ प्रसारण लाइन तथा सबस्टेसन आयोजनाहरूको निर्माण र पूर्वतयारीलाई तीव्रता दिएको छ ।

    मन्त्रालयले तत्कालीन विद्युत् माग पूरा गर्ने मात्र नभई आगामी दिनमा उद्योग, व्यवसाय तथा घरेलु उपभोक्ताबाट थपिने मागलाई समेत धान्न सक्ने गरी प्रसारण संरचना विस्तारलाई रणनीतिक रूपमा अघि बढाएको हो ।

    मधेस प्रदेशमा नयाँ प्रसारण लाइन र सबस्टेसन थपिँदा विद्युतको गुणस्तर र विश्वसनीयता सुधार हुनुका साथै औद्योगिक विस्तारका लागि आवश्यक ऊर्जा पूर्वाधार तयार हुने अपेक्षा गरिएको छ । निर्माणाधीन आयोजनाहरूलाई निर्धारित समयभित्रै सम्पन्न गराउन मन्त्रालयले नियमित अनुगमन, समन्वय र सहजीकरण गर्दै आएको
    छ ।
    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले मधेस प्रदेशको विद्युत् माग सम्बोन गर्न प्रसारण लाइन तथा सबस्टेसन आयोजनाहरू निर्माणको महत्वपूर्ण चरणमा पुगेको बताउनुभएको छ । उहाँका अनुसार ढल्केबर–बालगंगा १३२ केभी प्रसारण लाइन तथा सबस्टेसन आयोजना करिब २४ किलोमिटर लामो डबल सर्किट १३२ केभी प्रसारण लाइन नो–लोड अवस्थामा सफलतापूर्वक चार्ज भइसकेको छ । त्यस्तै बालगंगा सबस्टेसनमा निर्माण तथा उपकरण जडानका काम तीव्र रूपमा अघि बढिरहेका छन् । सो आयोजनालाई दशैंअघि नै सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम गर्न मातहतका निकायलाई परिचालन गर्दै मन्त्रालयले आवश्यक समन्वय गरिरहेको उहाँले जानकारी दिनुभयो । मन्त्री श्रेष्ठले सो आयोजना सञ्चालनमा आएपछि मुजेलिया, यदुकोहा, धनुषाधाम, वीरेन्द्र बजार, लोहना र नगराइन क्षेत्रका साथै धनुषा जिल्लाकै वितरण प्रणालीलाई समेत थप मजबुत बनाउने अपेक्षा गरिएको जानकारी दिनुभयो ।

    ढल्केबर–बालगंगा १३२ केभी प्रसारण लाइन तथा सबस्टेसन आयोजनाको करिब २ अर्ब १३ करोड ६० लाख रुपैयाँ लागत अनुमान रहेको छ । करिब २४ किलोमिटर डबल सर्किट १३२ केभी प्रसारण लाइन निर्माण तथा हंसपुर नगरपालिका–९ मा ६३ एमभीए क्षमताको १३२/३३ केभी सबस्टेसन निर्माण आयोजनाको मुख्य कार्यक्षेत्र हो । ढल्केबर–लोहारपट्टी १३२ केभी लाइनको टावर नं. ३० बाट सुरु हुने प्रसारण लाइन बालगंगा सबस्टेसनमा जोडिनेछ । यो जुलाई महिनामा प्रसारण लाइन नो–लोड अवस्थामा चार्ज भइसकेको छ ।

    बालगंगा सबस्टेसनका अधिकांश प्रमुख उपकरण, पावर ट्रान्सफर्मरसहित, आयोजनास्थलमा पुगिसकेका छन्। सिभिल निर्माण अन्तिम चरणमा छ भने उपकरण जडान भइरहेको छ । कन्ट्रोल रुम र कर्मचारी आवास भवनसमेत अन्तिम चरणमा पुगेका छन् ।

    पूर्व–पश्चिम विद्युत् मागलाई धान्ने संरचना बन्दै

    मधेस प्रदेशको विद्युत् प्रणालीमा देखिएको प्रमुख चुनौतीमध्ये एउटा ३३ केभी र ११ केभी वितरण लाइनमा बढ्दो भार हो । विशेषगरी सिरहा र सप्तरीका ग्रामीण तथा औद्योगिक क्षेत्रमा माग बढ्दै जाँदा विद्यमान वितरण संरचनाको क्षमताले भविष्यको माग धान्न कठिन हुने अवस्था देखिएको छ ।

    यसैलाई ध्यानमा राखेर लहान–सुखीपुर १३२ केभी प्रसारण लाइन आयोजना अघि बढाइएको छ । विद्यमान लहान सबस्टेसनदेखि सुखीपुरमा प्रस्तावित १३२/३३/११ केभी सबस्टेसनसम्म करिब १७ किलोमिटर डबल सर्किट प्रसारण लाइनको निर्माण कार्य अगाडि बढेको छ । सुखीपुरमा ६३ एमभीएका दुईवटा र २४ एमभीएको एउटा ट्रान्सफर्मर रहनेछन् भने लहान सबस्टेसनमा दुईवटा १३२ केभी लाइन थपिनेछन् ।

    आयोजनाको अनुमानित लागत करिब १ अर्ब ५३ करोड रुपैयाँ छ । हाल सम्भाव्यता तथा वातावरणीय अध्ययन सम्पन्न भइसकेको, सुखीपुर सबस्टेसनको सीमा पर्खाल निर्माण भएको र निर्माण अनुमतिपत्र प्राप्त भइसकेको छ । प्रसारण लाइनका टावरका लागि आवश्यक जग्गा अधिग्रहण अन्तिम चरणमा पुगेको छ भने निर्माण व्यवसायीले २४ महिनाभित्र प्रसारण लाइन निर्माण, परीक्षण र सञ्चालनमा ल्याउने गरी काम सुरु गरिसकेको छ । बाँकी जग्गा अधिग्रहण आगामी भदौसम्म सम्पन्न गर्ने लक्ष्यसहित कार्य अगाडि बढाइएको छ ।

    सप्तरीमा प्रसारण पूर्वाधार विस्तार गरिँदै

    सप्तरी जिल्लामा पनि विद्युत् माग र औद्योगिक सम्भावनालाई ध्यान दिँदै रुपनी–बोदेबरसाइन १३२ केभी प्रसारण लाइन आयोजना अघि बढाइएको छ । करिब १८ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण गरी बोदेबरसाइनमा नयाँ १३२/३३/११ केभी सबस्टेसन स्थापना गर्ने तयारीका साथ काम भइरहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

    प्रस्तावित सबस्टेसनमा ३० एमभीएका दुई वटा र २४ एमभीएको एउटा ट्रान्सफर्मर रहनेछन् । रुपनी सबस्टेसनमा दुईवटा १३२ केभी लाइन बे थपिनेछन् । यसले सप्तरीको मध्य तथा दक्षिण–पूर्वी क्षेत्रमा विद्युत् आपूर्ति सुधार गर्नुका साथै भविष्यमा थपिने उत्पादनलाई प्रणालीमा जोड्नसमेत सहयोग गर्नेछ ।

    प्राधिकरणका अनुसार सआयोजनाको अनुमानित लागत करिब १ अर्ब ५६ करोड रुपैयाँ छ । हाल अध्ययनका काम सम्पन्न भइसकेको छ, त्यस्तै सबस्टेसनको सीमा पर्खाल निर्माण भएको छ र निर्माण अनुमतिपत्र प्राप्त भइसकेको छ । करिब १९ किलोमिटरको आयोजनाको लागत अनुमान स्वीकृत भइसकेको तथा बोलपत्रसम्बन्धी कागजात तयार गर्ने प्रक्रिया अघि बढेको छ ।

    रौतहटको मध्य तथा दक्षिणी क्षेत्र सुधार हुँदै

    रौतहटमा चन्द्रपुर–सुखदेव चोक १३२ केभी प्रसारण लाइन आयोजनामार्फत मध्य तथा दक्षिणी क्षेत्रको विद्युत् प्रसारण क्षमता बढाउने काम भइरहेको छ । चन्द्रनिगाहपुरस्थित विद्यमान सबस्टेसनदेखि यमुनामाई गाउँपालिका–४, सरुअठामा प्रस्तावित सबस्टेसनसम्म करिब ३७ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण गरिने भएको छ ।

    सरुअठामा १३२/३३/११ केभी सबस्टेसन निर्माण गरी ६३ एमभीएका दुईवटा १३२/३३ केभी र २४ एमभीएका दुईवटा ३३/११ केभी ट्रान्सफर्मर जडान गर्ने योजना छ । प्रसारण लाइनले गौर, मनपुर, सिम्रौनगढ र मौलापुर क्षेत्रका विद्युत् वितरण केन्द्रलाई थप भरपर्दो आपूर्ति दिन सहयोग गर्नेछ ।

    नेपाल विद्युत प्राधिकरणका करिब ७ किलोमिटर प्रसारण लाइन राष्ट्रिय वन क्षेत्र हुँदै जाने भएकाले वन क्षेत्रको स्वीकृति र टावरका लागि जग्गा अधिग्रहण प्रक्रिया जारी छ । यद्यपि विस्तृत सम्भाव्यता तथा वातावरणीय अध्ययन, सबस्टेसनका लागि जग्गा अधिग्रहण, सीमा पर्खाल र सुरक्षा भवन निर्माणजस्ता पूर्वनिर्माणका अधिकांश काम सम्पन्न भइसकेका छन् । प्रसारण लाइनको चेक सर्भे, टावर प्रोफाइलिङ, पेगिङ, पिट मार्किङ र कित्ता नक्सासम्बन्धी कार्यसमेत पूरा भएको छ।

    चन्द्रपुर–सरुअठा प्रसारण लाइन निर्माणका लागि जुलाईमा निर्माण व्यवसायीसँग सम्झौता भएको छ । करिब ९३ करोड ८२ लाख ४० हजार रुपैयाँको सम्झौता रकम रहेको आयोजनाको निर्माण अवधि ३० महिना तोकिएको छ । सरुअठा सबस्टेसनको पनि खरिद प्रक्रिया भने अघि बढिरहेको छ ।

    बारा–पर्साका औद्योगिक क्षेत्रका लागि उच्च क्षमताको प्रसारण लाइन

    औद्योगिक करिडोरका रूपमा विकसित बारा–पर्सा क्षेत्रमा विद्युत् मागको तीव्र वृद्धि भइरहेको अवस्थामा हेटौंडा–परवानीपुर–पोखरिया १३२ केभी प्रसारण लाइन आयोजनालाई पनि महत्वपूर्ण पूर्वाधारका रूपमा अघि बढाइएको छ ।

    परवानीपुरदेखि पोखरियासम्म २१.२१ किलोमिटर लामो १३२ केभी चार सर्किट प्रसारण लाइन निर्माण, पोखरियामा नयाँ १३२/३३/११ केभी सबस्टेसन स्थापना र परवानीपुर सबस्टेसनमा बे विस्तार यस आयोजनाका प्रमुख कार्य हुन् । यसअघि पिलुवा (पथलैया)–परवानीपुर १७ किलोमिटर १३२ केभी डबल सर्किट लाइनमा हाई टेम्प्रेचर लो स्याग कन्डक्टरमार्फत पुनःकन्डक्टरिङ गर्ने कार्य सम्पन्न भइसकेको छ । उक्त लाइन जनवरी २०२५ देखि सञ्चालनमा आउने छ ।

    त्यस्तै पोखरिया सबस्टेसनमा कन्ट्रोल रुम, कर्मचारी आवास, स्टोर, गार्ड हाउस तथा उपकरण र ट्रान्सफर्मरका फाउन्डेसन निर्माण भइरहेका छन् । चार सर्किट टावरको डिजाइन स्वीकृत भइसकेको छ भने संशोधित प्रारम्भिक वातावरणीय परीक्षण पनि स्वीकृत भएको छ । बोलपत्र प्रक्रिया सम्पन्न गरी चिनियाँ कम्पनीसँग निर्माण सम्झौता भइसकेको छ । उक्त आयोजना सन् २०२७ सेप्टेम्बरसम्म सम्पन्न गर्ने लक्ष्य लिइएको प्राधिकरणले जनाएको छ ।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    सेयर बजारमा हरियाली फर्कियो, नेप्से १५ अंकले बढ्दा कारोबार ५ अर्ब ५५ करोडमाथि

    November 24, 2026

    सडकमा गुडिरहेका सवारीमध्ये ३० प्रतिशतभन्दा बढी प्रदूषण फैलाउने

    November 24, 2026

    प्रधानमन्त्रीको भारत भ्रमणमाथि गगनको प्रश्न, ‘दीर्घकालीन महत्त्वका काम देखिएनन्’

    November 24, 2026

    सुनकोसी–मरिण ठेक्का रद्द भए मधेसमा आगो बल्ने मनिष झाको चेतावनी!

    November 24, 2026

    १८४ अर्बको ऋण तत्काल नलिने सरकारको निर्णय, ‘ब्याज र भुक्तानी अवधि नै टुंगिएको छैन’

    November 24, 2026

    मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?

    November 22, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.