Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Friday, November 6
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » अलैँचीको मूल्यमा निरन्तर ह्रास, प्रतिमन २२ हजारमा झरेपछि किसान निराश

    अलैँचीको मूल्यमा निरन्तर ह्रास, प्रतिमन २२ हजारमा झरेपछि किसान निराश

    पहिलोक्लिकपहिलोक्लिकMarch 9, 2019No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    फिदिम : अलैँचीको मूल्य निरन्तर घटेपछि किसान निराश बनेका छन् । यसवर्ष अलैँचीको मूल्य प्रतिमन (४० किलो) रु ३५ हजार हाराहारीबाट घटेर रु २२ देखि २५ हजारमा झरेपछि किसान निराश बनेका हुन् ।

    अहिलेको बजार मूल्यबाट अलैँची उत्पादनमा लागेको खर्चको साँवासमेत नउठ्ने कृषकको भनाइ छ । मूल्य निरन्तर ओरालो लाग्दै गएपछि अलैँची गोदाममा राख्ने कि बेच्ने भन्नेमा किसान अन्योलमा परेका छन् । “मनको रु ३० देखि ४० हजार मूल्य हुँदा साँवासम्म उठ्थ्यो” जिल्लाको फाल्गुनन्द गाउँपालिका–५ फाक्तेपका अगुवा अलैँची कृषक तिलविक्रम चेम्जोङले भने, “साँवा नै नउठ्ने भएपछि अलैँची बिक्री गर्न सकिएन् ।”

    राम्रो मूल्य प्राप्त गर्ने आशमा उक्त क्षेत्रका किसानले गत वर्षको अलैँची समेत गोदाममा राखेको उहाँको भनाइ छ । रोगकीरा नियन्त्रण, औषधि, सिँचाइ, गोडमेललगायत कार्यमा ठूलो धनराशी खर्च हुँदा अलैँची उत्पादन समेत महङ्गो भएको चेम्जोङले बताए ।

    पाँचथरको याङवरक–५, नागीका किसान खड्गबहादुर लक्समले अलैँची खेतीका क्रममा भएको खर्च उठाउनै धौधौ परेको दुखेसो पोखे । पाँचथरका च्याङथापु, फलैँचा, ओयाम, थर्पु, नागी, सिदिन, प्राङबुङ, मेमेङ, लुङरुपा, रानीटार, फिदिम, फाक्तेप, आङसराङ, रवी, कुरुम्बालगायत स्थानमा अलैँचीको खेती हुनेगर्दछ । यहाँका अधिकांश किसानले रामसाई, डम्बरसाई र गोलसाई प्रजातिको अलैँची खेती गर्ने गर्दछन् ।

    अलैँची खेतीबाट नाफा लिनै नसक्ने अवस्था आएपछि कृषकमा चरम निराशा छाएको अलैँची व्यवसायी महासङ्घका वरिष्ठ केन्द्रीय उपाध्यक्ष दीपक नेपालले बताए । उनका अनुसार कृषकमा छाएको निराशाले व्यवसायीमा समेत प्रभाव पारेको छ । भारत, भुटानलगायतका मुलुकमा अलैँची उत्पादनमा वृद्धि भएसँगै नेपालको अलैँचीले उचित मूल्य पाउन छाडेको व्यवसायी नेपालले बताए ।

    भारतमा नोटबन्दी हुनु तथा क्रयशक्ति कमजोर हुनुले समेत अलैँचीको मूल्य घट्दै गएको नेपालको ठम्याइ छ । “अलैँचीको खेती र व्यवसायमा गम्भीर समस्या आउने लक्षण देखा पर्दैछ” नेपालले भने । अन्तर्राष्ट्रिय बजारमा नेपालमा उत्पादित अलैँचीजस्तै नक्कली अलैँची देखा परेपछि नेपाली अलैँचीको मूल्यमा भारी गिरावट आउन थालेको बताइएको छ ।

    चीन, भियतनाम, लाओसलगायत देशमा उत्पादित अलैँचीजस्तै देखिने अलैँचीको तुलनामा अत्यन्तै कम मूल्यमा पाइने वस्तुले अन्तर्राष्ट्रिय बजारमा पकड जमाउँदै गएपछि नेपाली अलैँची कृषक मारमा परेको अलैँची ब्यवसायी खेमनाथ अधिकारीले बताउनुभयो । नेपालबाट निकासी भएको ९५ प्रतिशत अलैँची भारतीय बजारमा हुँदै खाडी, युरोप तथा अन्य मुलुकसम्म पुग्छ । उहाँका अनुसार भारतले नेपालमा उत्पादन भएको अलैँची गुणस्तरहीन भनेपछि यहाँ उत्पादित अलैँचीले मूल्य गुमाएको छ ।

    पूर्वी पहाडको अलैँंची अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने व्यवसायी झापाको विर्तामोडमा छन् । अलैँची व्यवसायी महासङ्घको केन्द्रीय कार्यालयसमेत विर्तामोडमै रहेको छ । अधिकांश जिल्लाको अलैँची विर्तामोडमा सङ्कलन भएर विदेश निर्यात हुने गर्छ । पहाडी जिल्लामा उत्पादन भएको अलैँची बिर्तामोडको बजारसम्म पुग्न नपाउँदै गुणस्तरमा दोष देखाएर कम मूल्य निर्धारण गर्ने गरिएको कृषकको भनाइ छ । नेपालको अलैँचीको गुणस्तर तथा अन्तर्राष्ट्रिय मूल्यबारे स्थानीय व्यवसायी र कृषक जानकार नहुँदा समस्या आएको बताइएको छ ।

    Facebook Comments Box

    अलैँची
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.