Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Sunday, November 8
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » राजपा र फोरम सशंकित

    राजपा र फोरम सशंकित

    पहिलोक्लिकपहिलोक्लिकMarch 10, 2019No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौं – सरकार र सिके राउतबीच शुक्रबार भएको सहमतिप्रति तराई÷मधेसकेन्द्रित राष्ट्रिय जनता पार्टी नेपाल र सत्ताघटक संघीय समावादी फोरम नेपालका नेता सशंकित देखिएका छन्। सहमतिबारे राजपाले उल्टै सरकारप्रति प्रश्न उठाएको छ भने फोरमका नेताले घुमाउरो किसिमबाट असन्तुष्टि व्यक्त गरेका छन्। सहमतिपत्रमा हस्ताक्षर कार्यक्रममा प्रधानमन्त्रीले राजपा र फोरमप्रति लक्षित गर्दै अब राउतलाई देखाएर मधेसमा रोटी सेक्ने काम बन्द भएको प्रतिक्रिया दिएका थिए। प्रधानमन्त्रीको सो भनाइप्रति राजपा र फोरमका नेताहरूले कडा आपत्ति जनाएका छन्।

    राजपा अध्यक्ष मण्डलको शनिबार बसेको बैठकमा सरकार र राउतबीच भएको सहमतिमा विभिन्न कोणबाट छलफल भयो। बैठकपछि अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले भने, ‘ शुक्रबार सरकार र राजपाबीच भएको सहमतिले सरकारप्रति धेरै प्रश्न खडा गरेको छ। अबका दिनमा राउतका गतिविधि कस्ता हुने छन्, त्यो हेर्न बाँकी नै छ।’ सरकारले नै राउतलाई प्रयोग गर्दै आएको उनको भनाइ थियो। उनले भने, ‘राउतलाई देखाएर हामीले रोटी सेक्ने गरका होइनौं। सरकार आफैंले राउतलाई प्रयोग गर्दै आएको छ।’ आगामि दिनमा राउतले कसको हितमा गतिविधि गर्ने हुन यसबारे अहिले नै केही भन्न नसकिने बताउँदै उनले भने, ‘राउतले जनमतसंग्रहमा सरकारले सहमति जनायो भनेका छन तर सरकारले जनमतसंग्रहमा सहमति नभएको बताएको छ। यस विषयमा प्रधानमन्त्रीले स्पष्ट भन्नुपर्छ।’

    सरकार र राउतबीच भएको सहमतिमा अरू भित्री खेल भएको हुन सक्ने भन्दै महतोले आशंका प्रकट गरे। उनले भने, ‘बाहिर हेर्दा सरकार र राउतबीच ११ बुँदै सहमति भएको देखिएको छ तर भित्री खेल के हो। त्यो अझै आउन सकेको छैन। अबका दिनमा त्यो खेलबारे थाहा होला।’ राजपा महासचिव केशव झाले सरकारले राउतलाई स्वतन्त्र मधेस गठबन्धनका नाममा संगठन गर्न छुट दिएको बताए। उनले भने, ‘के अब सरकारले राउतलाई स्वतन्त्र मधेस गठबन्धनको नाममा संगठन गर्न छुट दिएको हो ? यस विषयमा गम्भीर प्रश्न उठेको छ। मधेस आन्दोलनका बेला राउतको विषयमा एक शब्द चर्चा भएन। तर सरकार आफैंले राउतलाई प्रयोग गर्दै आएको छ।’ राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको भोलिपल्ट सरकारले राउतसँग सहमति गरेको थियो।

    त्यस्तै फोरमका महासचिव रामसाह यादवले राउतलाई देखाएर अन्य दलले मधेसमा रोटी सेक्ने दिन गए भन्दै दिएको अभिव्यक्तिको आलोचना गरे। उनले भने, ‘कसले कसलाई प्रयोग गर्दै आएका छन्। त्यो आगामी दिनमा थाहा हुँदै जान्छ।’ फोरमले राउतलाई कहिले पनि प्रयोग नगरेको उनले प्रष्ट पारे। उनले भने, ‘पृथक्तावादी राजनीति गर्दै आएका राउतसँग सरकारले सहमति गर्नु र राउतले पृथक्तवादी राजनीति नगर्ने प्रतिबद्धता जनाउनु सरकारात्मक कुरा हो। तर राउतसँग हाम्रो पार्टीको कुनै सम्बन्ध छैन।’ तर उनले सरकारले राउतसँग गरेको सहमतिप्रति शंका व्यक्त गर्दै यसले अनेक प्रश्न खडा गरेको बताए।

    महासचिव यादवले शुक्रबार साँझ जारी गरेका प्रेस विज्ञप्तिमा सरकारी कार्यशैलीको आलोचना गरिएको छ। रेशम चौधरीको विषयमा कैलाली जिल्ला अदालतले गरेको फैसलालाई लिएर असन्तुष्टि जनाइएको विज्ञप्तिमा सरकार र राउतबीच भएको सहमतिबारे भने एक शब्द पनि उल्लेख छैन। यो समाचार नागरिक दैनिकबाट लिइएको हो ।

    Facebook Comments Box

    राजपा र फोरम
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.