काठमाडौँ : नेपाल राष्ट्र बैंकले पछिल्लो दिनमा नियमितजसो नै वित्तीय उपकरणको प्रयोग गर्दै बजारमा उल्लेख्य मात्रामा तरलता प्रवाह गर्दै आएको छ ।
यसै सन्दर्भमा बैंकले पुनः आज सोमबार सात अर्ब २६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको छ ।
बैंकले सूचनामार्फत उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको जानकारी दिएको छ । ट्रेजरी बिल खरिद गर्न चाहने बैंक तथा बित्तिय संस्थाले आज तीन बजेसम्म बोलकबोल गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
कूल ९१ दिने अवधिको २ अर्ब २६ करोड बराबरको ट्रेजरी बिल र ३६४ दिने अवधिको ५ अर्बको ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।
Facebook Comments Box