Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Monday, November 9
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » इतिहासविद् भन्छन्- भाज्या पुखुः रानी पोखरीभन्दा ५०० वर्ष पुरानो

    इतिहासविद् भन्छन्- भाज्या पुखुः रानी पोखरीभन्दा ५०० वर्ष पुरानो

    पहिलोक्लिकपहिलोक्लिकMarch 12, 2019No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    भक्तपुर: भक्तपुर नगरपालिकाले जिर्णोद्धार शुरु गरेको भक्तपुर नगरपालिका–१ स्थित भाज्या अर्थात भाजु पोखरी काठमाडौँको रानी पोखरीभन्दा ५०० वर्ष पुरानो भएको तथ्य सार्वजनिक भएको छ । नगरपालिकाले सोमबार यहाँ आयोजना गरेको “ऐतिहासिक भाज्या पोखरी जिर्णोद्धारको प्रारम्भिक प्रतिवेदन सार्वजनिक एवं अन्तरक्रिया” कार्यक्रममा सो पोखरी १२ औँ शताब्दीको भएको उत्खननका क्रममा फेला परेको बताइएको छ ।

    पोखरीको ८० पृष्ठ लामो प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै इतिहासविद् एवं संस्कृतिकर्मी डा पुरुषोत्तमलोचन श्रेष्ठले सात महीना लगाएर गरिएको अनुसन्धानबाट भाजु पोखरी काठमाडौँको रानी पोखरीभन्दा ५०० वर्ष पुरानो रहेको तथ्य फेला परेको दाबी गरे । उनले भाज्या पोखरीबाट प्रभावित भएर नेसं ७९० (विसं १७२७) मा काठमाडौँको रानी पोखरी निर्माण भएको दाबी गर्दै उनले भाज्या पुखुः र रानी पोखरीको वास्तुशैली, शिखर शैलीको मन्दिर उस्तै रहेको उनको भनाइ छ ।

    ने.सं. ८०१ अर्थात विसं १७३८ मा जितामित्रको पालामा नेपालमण्डलमा आएको ठूलो भूकम्पले भाज्या पुखुः को शिखर शैलीको मन्दिर भत्काएपछि भग्नावशेषमा परिणत भएको उत्खनन र अन्वेषणबाट पत्ता लागेको बताउँदै डा श्रेष्ठले भाज्या पोखरी १२ आँै शताब्दी पुरानो रहेको बताए । नगरपालिकाले विसं २०५९ मा शुरु गरेको उत्खनन र २०७४/७५ मा शुरु गरेको पुनःनिर्माणका क्रममा बहुमूल्य वस्तुहरु भेटिएको बताउँदै उनले पोखरीको मध्य भागमा अवस्थित शिखरशैलीको मन्दिरमा जलेश्वरको मूर्ति रहेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रस्ट पारे ।

    उत्खननका क्रममा पोखरीको बीचमा रहेको मन्दिरको गर्भावस्था रानीपोखरीको जस्तै भएको भनाइ राख्दै उनले पोखरीमा वास्तुशैलीअनुसार बैद्धिक वास्तुतन्त्र विधिबाट बनेको एउटा मात्रै बुर्जा भएको मन्दिर हुनुपर्ने भनाइ राखे ।

    कार्यक्रममा प्रतिनिधिसभाका सांसद प्रेम सुवालले संरक्षणमा ध्यान नदिँदा कयौँ सम्पदाहरू लोप भइसकेको बताउँदै पोखरी, पाटी–पौवा, सत्तललाई समेत निजी बनाउने र सार्वजनिक सम्पदाहरू तथा पर्ती जग्गाहरू किनबेच हुने कार्य अन्त्य हुनुपर्ने औँल्याए । उनले सम्पदाहरूको ऐतिहासिकताबारे अध्ययन अनुसन्धान गरी जीर्णोद्धार र पुनःनिर्माण कार्यलाई अगाडि बढाउनुपर्नेमा जोड दिए ।

    कार्यक्रममा नगरपालिका प्रमुख सुनिल प्रजापतिले भक्तपुरका पुरातात्विक र ऐतिहासिक महत्व बोकेका सम्पदाहरूको संरक्षण गर्न नगरपालिका अगाडि बढेको बताउँदै भाज्या पोखरी काठमाडौँको रानी पोखरीभन्दा ५०० वर्ष पुरानो भन्नेबारेमा थप छलफल र गहन अनुसन्धान हुनुपर्ने औँल्याए।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.