Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Wednesday, November 11
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » माथिल्लो त्रिशूली थ्री ‘ए’ ले आगामी वैशाखबाट उत्पादन थाल्ने

    माथिल्लो त्रिशूली थ्री ‘ए’ ले आगामी वैशाखबाट उत्पादन थाल्ने

    पहिलोक्लिकपहिलोक्लिकMarch 19, 2019No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ : ‘गोरखा भूकम्प’, नाकामा भएको अवरोध तथा अन्य विभिन्न समस्याका कारण समस्या झेल्दै आएको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाले आगामी वैशाख १७ गतेदेखि विद्युत् उत्पादन शुरु गर्ने भएको छ ।

    नेपाल विद्युत् प्राधिकरणका अनुसार रुग्ण आयोजनाको रुपमा रहेको उक्त परियोजनाको पछिल्लो दिनमा निर्माण कार्यलाई तिव्र पारेका कारण सम्पन्न हुने चरणमा पुगेको हो । प्राधिरकणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार आगामी वैशाख १७ गतेदेखि पहिलो युनिटबाट ३० मेगावाट विद्युत् उत्पादन गर्ने गरी कार्यतालिका तय गरिएको छ ।

    रसुवा र नुवाकोटको सिमानामा निर्माण भइरहेको सो आयोजना लामो समयदेखि समस्यामा फसेकेका थियो । सबै समस्याबाट पार पाएपछि आयोजनाले गति मात्रै लिएको छैन, विद्युत् उत्पादन हुने चरणमा समेत पुगेको हो । दोस्रो युनिट भने आगामी असार १५ गतेदेखि सञ्चालनमा आउनेछ ।

    प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको उपस्थितिमा सोमबार बसेको आयोजना व्यवस्थापन, परामर्शदाता, मुख्य संरचना र प्रसारण लाइन निर्माणको जिम्मा पाएका ठेकेदार कम्पनीको संयुक्त बैठकले आयोजना सम्पन्न हुने चरणमा पुगेको हो ।

    मुख्य गरी विद्युत् माग बढी भएको काठमाडौँ उपत्यकाबाट नजिक रहेकाले विद्युत् माग र आपूर्तिको व्यवस्थापनको लागि आयोजना योगदान महत्वपूर्ण रहेको प्राधिकरणको बुझाइ छ । त्रिशूली नदी बेसिनमा निर्माण भइरहेका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ उपत्यकामा ल्याउन प्रसारण लाइनको पूर्वाधार पनि तयार भएको छ ।

    कूल ६० मेगावाट क्षमताको आयोजनामा ३०÷३० मेगावाटका दुईवटा युनिट रहेका छन् । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले केही अघि आयोजनाको स्थलगत निरीक्षण गरी तोकिएको समयमै काम सम्पन्न गर्न आयोजना प्राधिकरण, आयोजना व्यवस्थापन र ठेकेदार कम्पनीलाई निर्देशन दिएका थिए ।

    शुक्रबारबाट आयोजनाको बालुवा थिग्राउने पोखरीभन्दा बाहिर रहेका बाँध र त्यहाँ रहेका द्वारलगायतका संरचनाको परीक्षण भइरहेको छ । यो काम यही ११ चैत्रभित्र सक्ने समय तालिका तय गरिएको छ । त्यस लगत्तै आगामी पैशाख २ गतेसम्म बालुवा थिग्राउने पोखरी, मुख्य सुरुङ, लगायतका संरचनाको परिक्षण गर्ने कार्यसूची तयार गरिएको छ ।

    यस्तै आगामी वैशाख २ गतेपछि विद्युत् गृहमा रहेको जेनेरेटर लगायतका उपकहरण, पानी निकास सुरुङको परीक्षण सम्पन्न गरी १७ वैशाखबाट पहिलो युनिटबाट विद्युत् उत्पादनको लक्ष्यका साथ काम भइरहेको आयोजना प्रमुख फणिन्द्रराज जोशीको भनाइ छ ।

    “हाल हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकलका उपकरणको जडान र परीक्षण गर्ने काम भइरहेको छ ।”, जोशीले भने, “प्रसारणलाइन पनि १७ वैशाख अगाडि नै तयार पार्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका छौँ ।” आयोजनास्थलबाट काठमाडौँको मातातीर्थसम्मको २२० केभी प्रसारण लाइनको निर्माण चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेसनले गरिरहेको छ ।

    मातातीर्थमा १३ सय मिटर प्रसारण लाइनलाई भूमिगत गरिएको छ । कम्पनीसँग दुई करोड २६ लाख अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो । कूल अनुमानित लागत १२ करोड ५८ लाख डलर रहेको आयोजना नेपाल सरकार एवं प्राधिकरणको लगानी र चिनियाँ आयात निर्यात (एक्जिम) बंैकको सहुलितपूर्ण ऋणमा निर्माण भइरहेको हो ।

    इञ्जिनीयरिङ, खरीद र निर्माण (इपिसी) ढाँचामा विद्युत्गृह, बाँध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम चाइना गेजुवा ग्रुप अफ कम्पनीज (सिजिजिसी) ले गरिरहेको छ । त्यसका लागि २०६७ जेठ १४ मा ठेक्का सम्झौता भएको थियो ।

    विसं २०७१ जेठ १७ गते निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि विभिन्न उल्झनका कारण आयोजना समस्यामा फसेकेको थियो । विगतमा विद्युत् गृह भूमिगत बनाउने या सतही बनाउने विवाद, क्षमता बढाउने निर्णय लगायतका कारणले आयोजनाको निर्माण ढिलाइ भएको थियो । सोही कारण आयोजनाको म्याद २०७३ साल असार १६ गतेसम्म थप भएको थियो ।

    गोरखा भूकम्पले गर्दा आयोजनाको निर्माण तालिका झनै प्रभावित भएको थियो । भूकम्प र पहिरोले काबु बाहिरको परिस्थिति आएपछि प्राधिकरणले आयोजनाको म्याद २०७६ वैशाख १७ गतेसम्म थप गरेको थियो । भूकम्प र पहिरोले बाँधस्थलको दायाँ–बायाँ र प्रवेश मार्गको विभिन्न स्थानमा क्षति पु¥याएको थियो । सरकारले पहिरोको रोकथाम र सडक मर्मतको काम नेपाली सेनाले गरेको थियो ।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने

    October 29, 2026

    तीन महिनामा नेपालको वैदेशिक व्यापार ४०.७१ प्रतिशतले वृद्धि

    October 29, 2026

    राष्ट्रसंघीय सम्मेलनमा मन्त्री श्रेष्ठको आह्वान : जलवायु तथा भू-विपद्को सामना गर्न क्षेत्रीय सहकार्य र प्रविधि उपयोग गरौं

    October 28, 2026

    सीमापार विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई आशयपत्र (LoI), ऊर्जा व्यापारमा नयाँ अध्यायको सुरुवात

    October 28, 2026

    विद्युत् व्यापार आशयपत्रको इप्पानद्वारा स्वागत, अनुमतिपत्रको सुनिश्चितता गर्न माग

    October 28, 2026

    असोजमा झण्डै ६ अर्ब रुपैयाँको विद्युत निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु

    October 25, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.