Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Monday, November 9
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » संसदमा प्रम ओली: संविधान कार्यान्वयनको आधार वर्ष सफल, हिउँदे अधिवेशन अन्त्य

    संसदमा प्रम ओली: संविधान कार्यान्वयनको आधार वर्ष सफल, हिउँदे अधिवेशन अन्त्य

    पहिलोक्लिकपहिलोक्लिकMarch 24, 2019No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनको आधार वर्षका चालु आर्थिक वर्ष सफल भएको बताउनुभएको छ । राष्ट्रियसभाको आजको दोस्रो बैठकमा उहाँले तीन सरकार र तीन संसद्का बीचको अधिकारको बाँडफाँटको सहजताका साथ सम्पन्न भएको उल्लेख गर्नुभयो ।

     

    “जटिल र उल्झनयुक्त बन्न नदिइ सहज तरिकाले तीन तहको शक्ति बाँडफाँट सम्पन्न भए, भ्रष्टाचार नियन्त्रण, अपराधी पत्ता लगाएर कारवाही, एकाध घटनामा अपराधी पत्ता नलागे पनि आम अपराधी पत्ता लागेका छन्, सुनकाण्डमा मात्र ४१ जनालाई कारवाही भगरिएको छ”, उहाँले भन्नुभयो ।

     

    अख्तियारका आयुक्त राजीनामा दिएर भाग्नुपरेको र वाइडबडीमा अख्तियारले छानविन गरिरहेकाले सकिएपछि हत्कडी लगाइने उहाँको प्रतिबद्धता छ । “कृषिको आधुनिकीकरण हुँदै गएको, लगभग ८०० किमी बाटो कालोपत्र भएको, धेरै सडकको शिलान्यास भइरहेको, सुरुङमार्ग प्रारम्भ भएको, द्रुतमार्गको काम भइरहेको र धेरै क्षेत्रमा विकास निर्माण कार्य विगत वर्षमा भन्दा यसपटक द्रुत गतिमा अगाडि बढेको छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

     

    सात प्रतिशतभन्दा बढी उत्पादनको लक्ष्य कसैले नराखेको स्मरण गर्दै उहाँले आफ्नो पहिलो कार्यकालमा निर्धारित लक्ष्य पूरा भएको प्रधानमन्त्री ओलीले बताउनुभयो । यस वर्षमा संवैधानिक, कानूनी, पूर्वाधार निर्माण, समायोजन, परराष्ट्र नीतिका हिसाबले राम्रो प्रगति हासिल भएको उहाँले सुनाउनुभयो ।

     

    अन्तर्राष्ट्रिय मञ्चमा नेपालले आफ्ना कुरा राखी उपलब्धि हासिल गरेको, नीतिगत स्पष्टता बढेको, विखण्डन समाप्त भएकाले भौगोलिक अखण्डता सुदृढ भई एकता कायम भएको र स्वतन्त्र मधेश गठबन्धन भनेकाहरु जनमत नाम राखी दल दर्ताको प्रक्रियामा अघि बढ्नु सकारात्मक भएको उहाँको भनाइ छ ।

     

    देशको स्वाधीनता, सार्वभौमसत्ता, भौगोलिक अखण्डताका बारेमा जनमत सङ्ग्रह हुन नसक्ने उहाँले बताउनुभयो । अरु विषयमा जनमत लिन सकिए पनि प्रतिगमनका लागि जनमत सङ्ग्रह नगरिने प्रधानमन्त्रीले सुनाउनुभयो । “विप्लवलाई बम पड्काउन दिने छैन, अमूर्त गिरोह बनाएर मान्छे मार्ने, चन्दा माग्ने, लुटपाट गर्ने, विद्युत् गृह, टेलिफोन टावरमा बम हान्ने, जन्तीको गाडीमा बम हान्नेलाई कारवाही हुन्छ, ब्याक गियर हुँदैन, हतियार बुझाउने समय दिएका छौँ, बुझाउनुपर्छ, नबुझाए नियन्त्रण हुन्छ”, उहाँले भन्नुभयो ।

     

    प्रमुख प्रतिपक्षले उठाउने विषय नपाएर आपत् परेको जस्तो देखिएको उहाँले बताउनुभयो । प्रमुख प्रतिपक्षीको ध्यानाकर्षणले सरकारलाई सहयोग पुगेको उहाँले प्रधानमन्त्रीले उल्लेख गर्नुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “वाइडबडीलगायत अरु भ्रष्टाचारको छानविन हुन्छ । सतर्क भएर सरकारले काम गरिरहेको छ ।”

     

    सङ्घीय संसद्को पहिलो वर्षको तेस्रो अधिवेशन सफल रहेको बताउनुहुँदै उहाँले सुशासन र विकासमा सरकारको सम्पूर्ण ध्यान गएको सुनाउनुभयो । यस वर्ष समयमै विद्यालयमा पाठ्यपुस्तक पु¥याउने प्रतिबद्धता व्यक्त गर्दै उहाँले धेरै विकसित देशमा भन्दा नेपालको तीनै तहका सरकार र संसद्मा महिलाको उपस्थिति राम्रो रहेकाले अझै उपलब्धि एवम् सामाजिकीकरणको काम सरकारले गर्ने बताउनुभयो ।

     

    जिल्ला जाँदा त्यहाँका समस्या ल्याएर आगामी वर्षे अधिवेशनबाट समाधानको प्रयास गर्नुपर्ने उहाँको भनाइ छ । सोमबारसम्मका लागि नेपालको पानी जनताको लगानी कार्यक्रममा ३७ करोड शेयरका लागि आवेदन भएको प्रधानमन्त्रीले बैठकमा जानकारी दिनुभयो ।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.