Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Wednesday, November 11
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » प्रधानमन्त्री कार्यालयको खर्च २८ प्रतिशतले घट्यो

    प्रधानमन्त्री कार्यालयको खर्च २८ प्रतिशतले घट्यो

    पहिलोक्लिकपहिलोक्लिकMarch 27, 2019No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ : सरकारले मितव्ययिता अपनाउने रणनीतिअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको खर्च २८ प्रतिशत कमी आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएपछि मितव्ययिता अपनाउने घोषणा गरेसँगै आफ्नो कार्यालयको खर्चमा एक वर्षमा नै २८ प्रतिशत कमी ल्याउएका हुन् ।

    प्रधानमन्त्री भएलगत्तै मन्त्रिपरिषद् बैठकदेखि शुरुमा सचिवालयमा सङ्ख्या ७६ बाट झारेर ५२ बनाउनेसँगै मितव्ययी अपनाउन थालेका प्रधानमन्त्री ओलीले एक वर्षमा रु एक करोड ६२ लाख ९९ हजार खर्च कटौती गरेका छन् ।

    कार्यालयले तयार पारेको विवरणअनुसार गत २०७४ फागुन मसान्त खर्च रु छ करोड ८८ लाख ९२ हजार भएकामा यही २०७५ फागुन मसान्तसम्म रु पाँच करोड २५ लाख ९३ हजार खर्च भएको छ । प्रधानमन्त्री कार्यालयतर्फ २०७४ फागुन मसान्तसम्म रु तीन करोड ५२ लाख २५ हजार खर्च भएकामा २०७५ फागुन मसान्तसम्म त्यो घटेर रु दुई करोड ५३ लाख ९५ हजारमा आएको छ ।

    यस्तै मन्त्रिपरिषद् कार्यालयतर्फ २०७४ फागुन मसान्तसम्म रु तीन करोड ३६ लाख ६७ हजार खर्च भएकामा २०७५ फागुन मसान्तसम्म त्यो घटेर रु दुई करोड ७१ लाख ९८ हजारमा आएको छ । मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरका अनुसार प्रधानमन्त्री ओलीले मितव्ययिता अपनाउने रणनीतिअनुसार खर्चमा कमी ल्याएका हुन्।

    उनका अनुसार कार्यालयबाट वैदेशिक भ्रमण र दैनिक भत्ता कटौती गर्नुभएको छ भने आन्तरिक भ्रमण पनि केही महीनाअघि मात्र खुलाइएको थियो । ‘एक नेपाली, एक फलफूल’ योजनाअन्तर्गत मात्र प्रधानमन्त्री कार्यालयका कर्मचारीलाई वृक्षरोपणको अवस्थाबारे जानकारी लिन मात्र आन्तरिक भ्रमणमा जान दिइएको छ ।

    ओली प्रधानमन्त्री भएपछि प्रधानमन्त्री कार्यालयतर्फ २८ प्रतिशत कम खर्च गर्दै रु ९८ लाख ३० हजार कम खर्च भएको छ भने मन्त्रिपरिषद् कार्यालयतर्फ १९ प्रतिशत खर्च कम गर्दै रु ६४ लाख ६९ हजारले कम खर्च भएको छ । प्रवक्ता कुँवरले प्रधानमन्त्री कार्यालयमा कर्मचारी सङ्ख्या १८ प्रतिशतले बढे पनि खर्च भने कम गरिएको जानकारी गराए ।

    एक वर्षको बीचमा अन्य सबै खर्चमा व्यापक कटौती भए पनि मन्त्रिपरिषद्तर्फको कार्यालयसम्बन्धी शीर्षकमा मात्र रु एक लाख बढी खर्च भएको उनले जानकारी गराए । गत वर्ष कार्यालय सञ्चालनसम्बन्धी खर्चमा रु ३४ लाख ७० हजार र चालु आवमा रु ३५ लाख ७० हजार बढेको हो । गत वर्ष २०७४ फागुन मसान्तसम्म प्रधानमन्त्री कार्यालयको अन्य भत्ता रु २५ लाख भएकामा त्यो घटेर रु एक लाख ६३ हजारमा झरेको छ ।

    प्रधानमन्त्री कार्यालयमा बिहान बेलुका काम गर्ने कर्मचारीलाई पहिले भत्ता दिइने गरे तापनि अहिले त्यस्ता भत्तालाई कटौती गरिएको छ । दैनिक भत्तामा कटौती भत्ता रु २५ लाखबाट रु एक लाख ६३ हजारमा झरेको प्रवक्ता कुँवरले बताए । सबैभन्दा बढी प्रधानमन्त्री कार्यालयतर्फको अनुगमन खर्चमा समेत व्यापक खर्च कटौती भएको छ । अनुगमन तथा मूल्याङ्कन खर्च रु ३९ लाखबाट रु सात लाख ४७ हजारमा झारिएको छ ।

    उहाँका अनुसार प्रधानमन्त्री कार्यालयले अहिले अत्यावश्यक काममा बाहेक कर्मचारीलाई भत्ता दिने गरेको छैन । गत वर्ष इन्धन खर्च रु ६२ भएकामा अहिले रु ५६ लाख ८२ हजार, सञ्चालन तथा मर्मतसम्भार खर्च रु २९ लाख ९७ हजारबाट रु २६ लाख, कार्यालयसम्बन्धी खर्च रु एक करोड ३८ लाखबाट रु एक करोड १३ लाख, कार्यक्रम खर्च रु २६ लाख २८ हजारबाट रु २१ लाख ५६ हजार, अनुगमन तथा मूल्याङ्कन खर्च रु ३९ लाखबाट सात लाख ४७ हजार र विविध खर्च रु ३२ लाखबाट रु २७ लाख ४७ हजारमा झारिएको छ ।

    यस्तै मन्त्रिपरिषद्तर्फ समेत गत वर्षभन्दा यस वर्ष रु ६४ लाख ६९ हजार कमी खर्च भएको छ । गत वर्ष मन्त्रिपरिषद्तर्फ इन्धन रु ९० लाख ३३ हजारमा यस वर्ष रु ६० लाख ६६ हजार, सञ्चालन तथा मर्मत खर्च रु ७६ लाख ६६ हजार भएकामा अहिले ५८ लाख ६२ हजार र विविध खर्च रु एक करोड ३५ लाखबाट रु एक करोड १७ लाखमा झरेको छ ।

    प्रधानमन्त्री कार्यालयअन्तर्गत प्रधानमन्त्रीको निजी सचिवालय, कर्मचारी पर्दछ भने मन्त्रिपरिषद् कार्यालयअन्तर्गत प्रधानमन्त्रीको स्वकीय सचिवालय, सल्लाहकारको समूह रहने गरेको छ । प्रवक्ता कुँवरले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट ‘मितव्ययितासम्बन्धी कार्यविधि–२०७५’लाई पूर्णरुपमा कार्यान्वयन गरिएर कार्यालयको खर्चमा कटौती गरिएको जानकारी गराए ।

    यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री ओलीले ५२ जना स्वकीय सचिवालयमा राख्न पाउने व्यवस्था भए पनि अहिले आधा अर्थात् २६ जना राखेका छन् । तीमध्ये छ जना सल्लाहकार, तीन जना विज्ञ, दुई जना अवैतनिक सल्लाहकार र १५ जना अन्य कर्मचारीसहित २६ जनाको स्वकीय सचिवालयमा रहेको छ । दुई जना अवैतनिक सल्लाहकार अख्तर अलि र मनोज पाण्डेले भने सेवा र सुविधा लिँदैनन् ।

    Facebook Comments Box

    प्रधानमन्त्री कार्यालय
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.