काठमाडौं: राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत विमल खड्काविरुद्ध मुद्दा दायर भएको छ । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेर सरकारी लाभको पद लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको हो ।
नक्कली प्रमाणपत्र पेश गरी अनुसन्धान अधिकृतमा बढुवा भएको पुष्टि भएपछि शुक्रबार खड्काविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।
भारतबाट प्राप्त आईए तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सरकारी सेवामा बहाल रही लाभ लिएको देखिएकोपछि उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिमको सजाय हुन मागदाबी विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
Facebook Comments Box