Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Monday, November 9
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » लगानी सम्मेलन सम्पन्न, प्रचण्डले भने- ढुक्क हुनुहोस्, लगानी गर्नुहोस्

    लगानी सम्मेलन सम्पन्न, प्रचण्डले भने- ढुक्क हुनुहोस्, लगानी गर्नुहोस्

    पहिलोक्लिकपहिलोक्लिकMarch 30, 2019No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लगानी गर्न कुनै समस्या नरहेको बताउनुभएको छ । लगानी सम्मेलनमा सहभागी स्वदेशी एवम् विदेशी लगानीकर्तालाई उहाँले भन्नुभयो, “ढुक्क हुनुहोस् र लगानी गर्नुहोस् ।”

    सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै उहाँले सरकारले लगानीकर्तालाई उच्च प्रतिफल हुने गरी कानूनी तथा नीतिगत सुधार गरेर सकारात्मक वातावरण सिर्जना गरेको बताउनुभयो । उहाँले नेपालमा लगानी गरेर उच्च प्रतिफल हासिल गर्नसमेत आग्रह गर्नुभयो । राजनीतिक स्थायित्वले लगानीकर्तालाई विश्वास दिलाएको उल्लेख गर्दै उहाँले सबै प्रकारको सुधारबाट लगानीमैत्री वातावरण बनाइएको र निर्णय प्रक्रियालाई सहज बनाइको उल्लेख गर्नुभयो ।

    अध्यक्ष दाहालले प्छिल्ला दिनमा व्यवस्थापन तथा बजारीकरणमा नवीन प्रयास गरिएको, सरकारले दर्जनौँ सुधारको काम गरेको र लगानीका लागि सहज बनाइएको तथा समस्यारहित वातावरण बनाइएको बताउनुभयो । यस्तै सम्मेलनले पनि नेपाल आकर्षण लगानी गन्तव्य हो भन्ने संस्थागत गरेको र लगानीका लागि योग्य स्थान हो भन्ने तथ्य स्थापित गरेको उहाँको दावी गर्नुभयो ।

    नेपालको जनशक्ति, प्राकृतिक स्रोत तथा साधनले लगानीकर्तालाई सहज वातावरण बनाएको स्पष्ट पार्दै उहाँले छिमेकी देशसँग गरिएको शुल्करहित भन्सार प्रक्रियाले पनि थप सहजीकरण गरेको बताउनुभयो । दक्षिण एशियामै पर्यटन क्षेत्रका लागि महत्वपूर्ण स्थानमा रहेको जानकारी दिँदै अध्यक्ष दाहालले भन्नुभयो, “मनोरम प्राकृतिक सुन्दरताका कारण पनि नेपाल लगानीका लागि थप योग्य छ ।” बौद्धिक सम्पत्तिको संरक्षणमा पनि पछिल्ला दिनमा सरकारले जोड दिइएको अध्यक्ष दाहालको भनाइ थियो ।

    ऊर्जा, पर्यटन, भौतिक पूर्वाधार लगायतका क्षेत्रमा लगानीका लागि महत्वपूर्ण अवसर प्राप्त भएको स्पष्ट पार्दै उहाँले सबै प्रकारका लगानीकर्तालाई खुला हृदयका साथ लगानी गर्न आग्रह गर्नुभयो । सार्वजनिक निजी क्षेत्र साझेदारीले पनि लगानीकर्ताका लागि सहजीकरण गरेको र विदेशी लगानीले आन्तरिक लगानीलाई समेत थप अभिवृद्धि गर्ने उहाँको भनाइ थियो । नेपालको आफ्नै विशिष्टतामा शान्ति प्रक्रिया सम्पन्न भएको र त्यसको ऐतिहासिक महत्व रहेको समेत अध्यक्ष दाहालले सम्मेलनलाई जानकारी गराउनुभयो ।

    लगानीका अवसर पहिल्याउन सम्मेलन सफल : अर्थमन्त्री

    अर्थमन्त्री डा युवराज खतिवडाले ‘नेपाल लगानी सम्मेलन २०७५’ नेपालमा लगानीका अवसर पहिल्याउन सफल भएको बताउनुभयो । सो अवसरमा मन्त्री खतिवडाले सरकारले निजी क्षेत्रसँग हातमा हात मिलाएर आर्थिक समृद्धिको यात्रामा अघि बढ्न तप्पर रहेको उल्लेख गर्दै विदेशी कम्पनी र सहभागीसँगको सहकार्यलाई निरन्तरता दिइने उल्लेख गर्नुभयो ।

    सम्मेलनका संयोजक डा खतिवडाले विभिन्न आयोजनको प्रस्तुति, उत्साहजनक सहभागिता, औपचारिक र अनौपचारिक छलफलले नेपालको लगानीको अवसर पहिल्याएको जनाउँदै नेपालमा व्यावसायिक सञ्जाल विस्तार गर्न विदेशी लगानीकर्तालाई आग्रह गर्नुभयो । उहाँले प्रस्तावित परियोजनामध्ये निकट भविष्यमा सम्झौताका चरणमा समेत रहेको जानकारी दिँदै नेपाल लगानीमैत्री र समृद्धिका दृष्टिले दक्षिण एशियामा उदाहरणीय बन्ने उद्घोष गर्नुभयो ।

    Facebook Comments Box

    नेपाल लगानी सम्मेलन
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.