काठमाडौँ: चौधरी ग्रुपले एकैपटक ४ वटा लगानी सम्बन्धी चारवटा समझदारीपत्र -एमओयू)मा हस्ताक्षर गरेको छ । ग्रुपले तीन वटा विदशी कम्पनीलाई नेपालमा लगानीका लागि ल्याउने तय भएको छ ।
चौधरी ग्रुपले मिल्टी मोडल लजिस्टिकका सर्राफ ग्रुपसँग एमओयू गरेको छ ।
त्यसैगरी चौधरी ग्रुपले ६ सय मेगावाटको सोलार प्लान्टमा लागि क्यानडाको स्काइ पावर कम्पनीलाई भित्र्याउने भएको छ । यो कम्पनीसँग पनि लगानी सम्मेलनमा नै समझदारी भएको छ ।
यसैगरी कम्पनीले सिजी टेलिकममा आफ्नो साझेदारका रुपमा टेलिसेलसँग पनि समझदारी गरेको छ । सिजीले टेकिलम क्षत्रेमा आउन योजना बनाएको लामै समय भइसकेको छ ।
चौधरी समूहले प्रदेश २ मा २ सय मेगावाट क्षमताको सौर्य उर्जा परियोजनामा लगानी गर्ने भएको छ ।चौधरी समूहले महोत्तरीको ढल्केबर र पर्साको परवानीपुरमा सौर्य उर्जा परियोजनामा लगानी गर्ने भएको हो ।
परियोजना निर्माणबारे सहमति पत्रमा शनिबार लगानी सम्मलेनको अवसरमा चौधरी इन्फ्रास्टक्चर कम्पनीको प्रबन्ध निर्देशक निर्वाण चौधरी र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले हस्ताक्षर गरे ।
चौधरी समूहले महोत्तरीको ढल्केबरमा १२० मेगावाट क्षमता र पर्साको परवानीपुरमा ३० मेगावाट क्षमताको सौर्य परियोजना निर्माण गर्न विद्युत विकास विभागबाट स्वीकृति पाएको थियो ।अमेरिकी कम्पनी स्काई पावरसँगको साझेदारीमा चौधरी समूहले सौर्य उर्जामा लगानी गर्न लागेको हो ।
घोषणा कार्यक्रममा चौधरी समूहका अध्यक्ष विनोद चौधरीले प्रदेश सरकारबीच लगानी र परियोजना आकर्षित गर्ने होड शुरु हुने विश्वास व्यक्त गर्दै सौर्य परियोजनाको लागी साझेदारी भएकोमा प्रदेश मुख्यमन्त्री लालबाबु राउतलाई बधाई दिए।