काठमाडौँ: अर्थमन्त्री डा. युवराज खतिवडाले पुँजी बजार विस्तार र खुलापनमा दक्षिण एशियाली राष्ट्रहरु पछि परेको बताएका छन् ।
बिहीबारबाट काठमाडौंमा सुरु भएको दक्षिण एशीयाली लेखा व्यवसायी महासंघको सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले पुँजी बजार विस्तार खुलापनमा दक्षिण एशिया पछि परेको बताएका हुन् ।
यद्यपि नेपाल सरकार भने पूँजी बजारमा पनि विदेशी लगाउने भित्र्याउने पक्षमा रहेको उनले बताए । अर्थमन्त्री खतिवडाले वित्तीय र मौद्रिक उपकरणको विस्तारका लागि पनि पूँजी बजारमा विदेशी लगानी भित्र्याउन लागिएको बताए ।
‘पुँजी बजारको विस्तार र यसको खुलापनको लागि दक्षिण एशीयाली राष्ट्र अलि पछि परेको छ’ अर्थमन्त्री खतिवडाले भने, ‘पुँजी बजारमा विदेशी लगानी आवश्यक छ, यसले बजारको विस्तार हुन्छ, हामी यसप्रति सकारात्मक छौं ।’
अर्थमन्त्री खतिवडाले नेपालसहित दक्षिण एशीयाली मुलुकहरुले विदेशी लगानी आकर्षित गरिरहेको उल्लेख गर्दैै नेपालको पनि जल विद्युत क्षेत्र विदेशी लगानीका लागि आकर्षणको केन्द्र बन्दै गएको पनि जानकारी दिए ।
