काठमाडौँ: कर्णाली प्रदेश सरकारले बारा र पर्साका हुरी प्रभावितहरुका लागि एक करोड उपलब्ध गराउने भएको छ ।
प्रदेश मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले प्रदेश २ को मुख्यमन्त्री राहत कोषमा जम्मा हुने गरी कर्णाली प्रदेश सरकारको तर्फवाट १ करोड उपलब्ध गराउने निर्णय गरेको हो ।
यस्तै, हाल ५० शैय्याको कर्णाली प्रदेश अस्पताललाई शिक्षण अभ्याससहित ३०० शैय्याको रेफरल अस्पतालको रूपमा स्तरोन्नति गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले जानकारी दिएका छन् ।
Facebook Comments Box