काठमाडौं: उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले बाग्मती जलाधार नदि संरक्ष्ँण परियोजनाको स्थलगत अनुगमन
गरेका छन् ।
मन्त्रीपुन सिंचाईमन्त्रालयका सचिव डा.संजय शर्मासहित शनिवार परियोजनास्थल पुगेका हुन् ।मन्त्री पुनले मन्त्रालय अन्र्तगतका जलविद्युत परियोजना र सिंचाईका आयोजनाको निरिक्षणका लागी विदाको दिन समेत अनुगमनमा निस्कदै आएका छन् ।
उनले आयोजनाको अवस्था र मन्त्रालयको तर्फबाट गर्नुपर्ने सहयोगको वारेमा आयोजनाका अधिकारीसंग छलफल गरेका हुन् । मन्त्री पुनले आयोजना स्थलमा आयोजित छलफलमा भने ‘वाग्मती सम्पदासंग जोडिएकोले यो आयोजना समयमा बनाउनुपर्ने हुन्छ, यो नयां आयोजना पनि हो, हामीले राष्ट्रिय गौरव र विशेष महत्वको आयोजनालाई प्राथमिकतामा राखेका छौं ।’
मन्त्री पुनले जिम्मेवारीपूर्ण तरिकाले काम गर्न निर्देशन दिएका छन् । वाग्मती सभ्यतासंग जोडिएको आयोजना भएकाले पनि यसमा सवैको चांसो रहेको भन्दै मन्त्री पुनले छिटोभन्दा छिटो काम सम्पन्न गर्न बताए ।
‘यो परियोजनामा सवैको चांसो छ, काठमाडौंमा धेरै मानिसहरुलाई यसले प्रत्यक्ष प्रभाव पनि पार्छ । त्यसैले यसमा जिम्मेवारीका साथ काम गर्नुहुन्छ भन्ने मेरो विश्वास छ ।’ मन्त्री पुनले भने ।
उनले मन्त्रालयको तर्फबाट गर्नुपर्ने सहजीकरणमा कुनै कमी नहुने भन्दै समयमै पुरा गर्ने तर्फ ध्यान दिन निर्देशन दिए ।