काठमाडौँ: नेपाली यु-१९ टोलीका कप्तान रोहितकुमार पौडेलले सिंगापुरविरूद्ध सतक बनाउन पाँच रनले चुकेका छन्।
दक्षिण अफ्रिकामा अर्को वर्ष हुने यु-१९ विश्वकपका लागि मलेसियामा जारी एसिया छनौटको पहिलो खेलमा पौडेलले ९५ रन हानेका हुन्। उनले १ छक्का र ७ चौका प्रहार गरे।
१०३ बलमा ९५ रन हानेका पौडेललाई ४६ औं ओभरको पहिलो बलमा सिंगापुरका बलर अथर्व गुनेले क्याच आउट गराए।
रोहित आउटभएसँगै सोही ओभरमा गुनेले थप दुई विकेट लिएपछि ४६ ओभरमा अलआउट भएको नेपालले सिंगापुरलाई २८३ रनको लक्ष्य दिएको छ।
यो स्कोरका लागि रसिद खानले ४७ बलमा ४८ रन हाने। पवन सराफ ४७ र भीम सार्की २६ रन हानेर आउट भए। कुशल मल्लले १०, आसिफ शेखले ८ र रित गौतमले १ रन बनाएका थिए।