काठमाडौं : नयाँ वर्षको दोस्रो दिनमा शेयर बजारमा दोहोरो अंकले बढेको छ । नेप्से सूचक हरियो बन्दा कारोबार रकम पनि सुधार आएको छ ।
नेप्से सूचक मंगलबार २३.३३ अंकले बढेर १२१२.०५ विन्दुमा आइपुगेको छ । कुल १७० कम्पनीको ७४ करोड २७ लाख १८ हजार रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ ।
आज ८ हजार ९७८ कारोवारमा २४ लाख ११ हजार ६५० कित्ता सेयर खरिदबिक्री भएका छन् ।
नयन वर्षको पहिलो दिन सोमबार नेप्से ४.७० अंकले बढेको थियो ।
आइतबारदेखि एकैपटकमा ५ लाख रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्रीमा प्यान लागू गरिएको छ ।
आजको कारोवारमा सबै सहूहको परिसूचक हरियो हुँदा शेयर लगानीकर्तामा खुसि छाएको छ ।
बाणिज्य बैंक समूहको परिसूचक २९.४१ अंक, होटल १४ अंक, विकास बैंक २०.०२ दशमलब ७६ अंक, जलबिधुत ५.८९ अंक र उत्पादन २.४६ अंकले बढेका छन् ।
त्यसैगरी, जीवन बीमा ८० दशमलब १९ अंक र निर्जीवन बीमा ४८ दशमलब ९२ अंकले बढेका छन् ।