काठमाडौं: सरकारले एनसेल बिक्रीमा लाग्ने पूँजीगत लाभकर निर्धारण गरेको छ। अदालतले तीन महिनाभित्र कर निर्धारण गरी उठाउन सरकारलाई आदेश दिएको थियो।
ठूला करदाता कार्यालयले ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार ५६६ रुपैयाँ ७१ पैसा कर निर्धारण गरेको हो। एनसेलले अहिलेसम्म २३ अर्ब ५७ करोड ४२ लाख ९० हजार ७५१ रुपैयाँ कर बुझाइसकेको छ।
टेलियासोनेरा कम्पनीले मलेसियाली कम्पनी एक्जियटाले एनसेलको ८० प्रतिशत सेयर बिक्री गर्दा भएको पुँजीगत लाभर तिर्न सरकारले ७ दिनको सयमसीमा दिएको छ ।
अब सात दिनभित्र ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ ७१ पैसा बुझाउनु पर्ने हुन्छ।
Facebook Comments Box