दाङ: ओलम्पियन पौडीबाज गौरिका सिंहले आठौं राष्ट्रिय खेलकुदमा १२ स्वर्ण जितेर कीर्तिमान बनाएकी छन् ।
नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी सिंहले प्रतियोगिताको अन्तिम दिन बुधबार नयाँ राष्ट्रिय कीर्तिमानका साथ चार स्वर्ण जितेकी हुन् । यससँगै आठौं राष्ट्रिय खेलकुदमा उनको स्वर्ण संख्या १२ पुगेको हो ।
गौरिकाले बुधबार ५० मिटर फ्रिस्टाइल २७ दशमलव ५९ सेकेण्डमा पूरा गरिन् । यस अघि उनले यो दुरी २७ दशमलव ८१ सेकेण्डमा पूरा गरेकी थिइन् । यस्तै एक सय मिटर ब्याकस्ट्रोकमा उनले नयाँ राष्ट्रिय कीर्तिमानका साथ स्वर्ण पदक जितेकी हुन् ।
Facebook Comments Box