काठमाडौँ: काठमाडौँ उपत्त्यकामा खसीको मासुको मूल्य आकाशिएको छ । १५ दिन अघिसम्म एक हजार रुपैयाँदेखि एक हजार ५० रुपैयाँसम्ममा विक्री हुने खसीको मासु अहिले प्रतिकेजी एक हजार २०० भन्दा बढीमा विक्री वितरण भइरहेको छ ।
सरकारले नेपाल भारत सिमानाकामा चौपाया निकासीमामा कडाई गर्न थालेपछि भारतीय खसी आयातमा कमि हुँदा नेपालमा खसीको मासुको मूल्य बढेको खसी व्यापारी दिपक थापाले बताए ।
नेपाल भारत नाकामा भन्सार पास हुँदा चौपायाको स्वस्थ परिक्षणको प्रमाणपत्र अनिबार्य गरेपछि भारतीय व्यापारीले नेपालमा खसी निर्यात गर्न नसकेको उनले बताए ।
नाकामा कडाई भएपछि नाकाबाट लिगल रूपमा खसीबोका नआएको बताउदै खुला सिमाना भएकोले चोरि निकाशी भने जारी रहेको थापाको भनाइ छ ।
भारतबाट हप्तामा लगभग ७०० खसीबोका चोरिनिकाशीको रुपमा आइरहेको छ । यधपी नाकामा कडाई हुनुभन्दा अघि सम्म हप्तामा भारतबाट छ हजारको हाराहारीमा खसीबोका नेपाल आउने गरेको थियो ।
उनेल भने-भारतीय व्यापारीले खसीबोकाको स्वस्थ परिक्षणको रिपोर्ट पेश गर्न नसक्दा आयात रोकिएको हो । नाकामा कडाई हुनु राम्रो र अति आवश्यक हो किनकि आयात भएका सबै चौपायाको पूर्ण परीक्षण नहुने लगायतका कारण बजार पुगेर कारोबार हुनु अगावै पनि कतिपय चौपाया मर्ने, रोगी हुने लगायतका समस्या देखिन सक्छन् ।
बजारमा खसीको अभाब हुँदा मासु पसलेले मनलाग्दी रुपमा मूल्य तोकी बिक्रीवितरण गरेको उनको दाबी छ ।
मासुको मूल्य बढे पनि स्थानीय खसीको बिक्रीमा नेपाली किसानले राम्रो मूल्य पाएको बताउदै सरकारले बाख्रा पालनलाई प्रबर्धन गर्नु अति जरुरी रहेको उनको भनाइ छ ।
दशैंमा खसीको मूल्य निकै बढ्ने छ किनकि स्थानिय खसीबोकाले दशैंको माग पुरा गर्न सक्दैन- उनले भने ।
भक्तपुर गठाघरका मासु व्यापारी दिनेश खड्गीले जिउदो खसीको मूल्यमा भारी वृद्धि हुँदा मासुको मूल्य बढेको बताए । दिनदिनै खसीको मूल्य बढेको बताउदै उनले भने हामीलाई मूल्य तोक्न गार्हो छ आज किनेको मुल्यमा भोलि खसी पाउन सकिदैन ।
उनि भन्छन- भारतबाट खसीबोका नआउँदा स्थानीय खसीको मूल्य छोईनसक्नु भयो ।