काठमाडौँ: नेपाल राष्ट्र बैकका गर्भनर डा. चिरञ्जीवी नेपालले मुलुकमा राजनीतिक स्थायित्व सँगै आर्थिक क्रियाकलापले गतिलिन थालेको बताएका छन् ।
नेपाल राष्ट्रबैकको ६४ औ वार्षिकोत्सवको अवसरमा शनिबार केन्द्रीय कार्यालय बालुवाटारमा आयोजित कार्यक्रममा गर्भनर नेपालले मुलुकमा उत्साहजन आर्थिक परिदृश्य देखिएको बताए ।
उनले कृषि उत्पादनमा, उर्जा आपूर्ति, पून निर्माण तथा पर्यटन क्षेत्रमा भएको आशलाग्दो प्रगतिले उत्साहजनक आर्थिक परिदृश्य देखाएको उनको भनाई छ ।
वित्तीय क्षेत्रमा लिएका नीतिगत तहमा चालिएको पअहअल कदमीको परिणाम स्वयरुप वित्तिय पहुँच पनि विस्तार भएको उल्लेख गर्दै उनले भुक्तानी प्रणालीलाई आधुनिकीकरण गर्दै पूर्वाधार निर्माणका महत्वपूर्ण कामहरु अघि बढेको बताए ।
उनले बैक तथा वित्तिय संस्थाहरु आपसमा गाभिएका कारण वित्तीय सबलीकरण र संस्थात्मक व्यवस्थापनमा सहज भएको बताए ।
उनले शोधनान्तर स्थितिमा केही दबाब देखिएको भएपनि समस्ठिगत आर्थिक व्यवस्थापन सकारात्मक देखिएको बताए ।
गर्भनर नेपालले नेप्से सूचांकमा भएको केही उतार चढावका बाबजुद यस आर्थिक बर्षमा पूँजीबजारको गतिविधि स्थायीत्व तर्फ उन्मुख भएको उल्लेख गरे ।
