काठमाडौँ: सरकारले आगामी ३ वर्ष भित्र ५ हजार व्यक्ति क्षमताको बहुउद्देश्यीय सम्मेलन केन्द्र निर्माण गर्ने योजना अघि सारेको छ ।
सरकारको नीति तथा कार्यक्रममा काठमाडौं उपत्यकामा ३ वर्ष भित्र ५ हजार व्यक्ति क्षमताको बहुउद्देश्यीय सम्मेलन केन्द्र निर्माण गर्ने उल्लेख गरिएको हो ।
त्यसैगरी सरकारले एक वर्ष भित्र ३ हजार व्यक्ति क्षमताको सम्मेलन केन्द्र निर्माण पनि गर्ने भएको छ । आगामी ३ वर्ष भित्र संघीय संसद भवन, राजकीय अतिथि गृह निर्माण कार्य सम्पन्न गर्ने सरकारको लक्ष्य रहेको नीति कार्यक्रममा उल्लेख गरिएको छ ।
सरकारको नीति तथा कार्यक्रममा धरहरा पुनर्निर्माणको काम आगामी २ वर्ष भित्र सम्पन्न गर्ने, पुरातात्विक सम्पदाहरको संरक्षण हुने गरी पुनर्निर्माणको अधिकांश कार्य आगामी दुई वर्ष भित्र सम्पन्न गर्ने प्रतिवद्धता पनि जनाइएको छ