काठमाडौँ: नेशनल बैंकिङ्ग ईन्स्टिच्यूट र देवः विकास बैंकका बीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढङ्गले द्रुत गतिमा विस्तार गर्ने सम्बन्धी एक समझदारीपत्रमा आईतबार हस्ताक्षर भएको छ ।
साथसाथै बैंकमा कार्यरत कर्मचारीहरुलाई बिशिष्टिकृत बैंकिङ्ग प्रमाणीकरण प्रदान गर्ने हेतुले JANBI कोर्सको विषयमा पनि सम्झौता भएको छ ।
उक्त सम्झौतामा नेशनल बैंकिङ्ग ईन्स्टिच्यूटको तर्फबाट प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बा र देवः विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठले हस्ताक्षर गरेका थिए ।
यस सम्झोैता पत्र अनुसार नेशनल बैंकिङ्ग ईन्स्टिच्यूटले बनाएको वित्तीय साक्षरता सम्बन्धी मोबाईल एप्को संरचना र सुविधाहरु बारे देवः विकास बैंकका कर्मचारीहरुलाई विस्तृत जानकारी प्रदान गरिने छ ।
बैंकले आफ्ना नेपाल भरी रहेका शाखामा कार्यरत कर्मचारीहरुलाई NBI Mobile App बारे ज्ञान दिलाई आ–आफ्नो ग्राहक माझ वित्तीय साक्षरता कार्यक्रमलाई सहजताका साथ विस्तार गर्नको लागि अभिप्रेरित गर्नेछ ।
साथै बैंकले ल्द्यक्ष् एप् मार्फत समाजका विभिन्न वर्गहरु जस्तै महिला समुह, किसान, रेमिट्यान्समा आश्रित परिवारहरु, शिक्षक शिक्षिकाहरु तथा विद्याथीहरुलाई वित्तीय साक्षरता बारे जानकारी गराउनेछ । यदि आवश्यक भएमा एनबिआईले बैंकहरुलाई विशेष छुटमा वित्तीय साक्षरता सम्बन्धी सचेतना कार्यक्रमको व्यवस्थापन पनि गर्नेछ ।
त्यस्तै, देवः विकास बैंकमा कार्यरत कर्मचारीहरुलाई नेशनल बैंकिङ्ग इन्स्टिच्यूटले हाल बैंकिङ्ग कर्मचारीहरुलाई लक्षित गरी प्रदान गर्दै आईरहेको बिशिष्टिकृत बैंकिङ्ग प्रमाणीकरण JANBI कोर्स प्रदान गर्ने सहमति भएको छ ।