काठमाडौं: जारी आइपियलको अन्तिम प्ले अफमा देल्ही क्यापिताल्स पहिलोपटक क्यालिफायर राउण्डमा पुग्दै सेमिफिनलको बाटो तय गरेको छ ।
भिसाखपट्नम मैदानमा बुधबार भएको सनसनीपूर्ण खेलमा देल्हीले सन् राइजर्स हैदरावादलाई दुई विकेटले पराजित गर्दै दोश्रो क्यालिफ़रका लागि चेन्नई सुपर्किन्ग्ससँग सोही मैदानमा १० मईमा फाइनल स्थानका लागि आमनेसामने हुनेछन् ।
सन्राइजर्सले प्रस्तुत गरेको १६३ रनको चुनौती देल्हीले अन्तिम ओभरको एक बल बाँकी छँदा भेटाएको हो। देल्हीको जितमा सुरुवाती पारीमा आएका पृथ्वी शाह र मध्ये क्रममा आएका रिशभ पन्तले क्रमस ५६ र ४९ रन जोडे।
देल्ही पहिलोपटक प्लेअफ चरणबाट क्यालिफायर चरणमा पुग्न सफल भएको हो।