काठमाडौं: शेयर बजारमा सामान्य अंकको गिरावट देखिएपनि कारोबार रकममा भने वृद्धि भएको छ ।
आइतबार नेप्से मापन सूचक १ दशमलब ८७ अंकले घटेर १ हजार ३१६ दशमलब ८४ बिन्दुमा झरेको छ । १७२ कम्पनीको ३२ लाख ८१ हजार ११६ कित्ता शेयर १ अर्ब ९ करोड ३ लाख ४८ हजार रुपैयाँ बढीको शेयर कारोबार भएको छ ।
१२ समूहको कारोबारमा विकास बैंक ८ दशमलब ८२, जलविद्युत ३ दशमलब ०३, वित्त ५ दशमलब ३६, उत्पादन तथा प्रशोधन समूहको १०० दशमलब २६, अन्य समूहको उपसुचक १ दशमलब ९६ अंकले बढ्दा बैंकिङ, व्यापार, होटल, निर्जीबन बीमा, जीवन बीमा, माइक्रोफाइनान्स समूहको उपसूचकमा गिरावट आएको छ ।
Facebook Comments Box