काठमाडौँ: रोयल इनफिल्ड क्लासिक–३५० सीसी गनमेटल ग्रे बजारमा आएको छ ।
रोयल इनफिल्डको नेपालका लागि आधिकारीक बिक्रेता प्रतिष्ठीत औद्योगिक तथा व्यवशायिक घरना एभ.भी.दुगड ग्रुपको विवेक अटोमोबाइल्सले रोयल इनफिल्डको क्लासीक ३५० सी.सी.गनमेटल ग्रे नेपाली बजारमा सार्वजनिक गरेको हो ।
रोयल इनफिल्डको Royal Enfield 350cc Gunmetal Grey, Sporty Look,Mat Finish, Rear Disc Brake सहित विशेषता उपलब्ध भएको कम्पनीले जानकारी दिएको छ ।
विवेक अटोमोबाइल्स प्रा.लि.ले आफ्ना १९ वटा शाखा एवं डिलहरु मार्फत विक्रीवितरण शुरु गरेको छ ।
नयाँ मोडलको मूल्य ५ लाख १५ हजार रुपैयाँ तोकिएको छ । यो रकम केही समयका लागि मात्रै भएको एम.भि. दुगड ग्रुपका उपाध्यक्ष विवेक दुगडले बताए ।
रोयल इनफिल्ड विगत ५ वर्ष देखि ४० प्रतिशतका दरले बृद्धि हासिल गरिरहेको उनले बताए ।