काठमाडौं: हाल कायम रहेका नेपाली सेनाको काठमाडौँ-तराई/मधेस द्रुतमार्गको आयोजना प्रमुख प्राविधिक उपरथी योगेन्द्र खाँणको जिम्मेवारी हेरफेर गरिएको छ ।
सैनिक मुख्यालयले आयोजना प्रमुखका रुपमा केही समयदेखि कार्यरत उपरथी खाँणको सट्टामा नयाँ अनुहार ल्याएको छ ।
सैनिक मुख्यालय स्रोतले आयोजना प्रमुखको जिम्मेवारी हेरफेर गर्ने निर्णय भएकाे जनाए पनि त्यसको कारणबारे केही खुलाएको छैन। तर खाँण अहिले सैनिक सेवाबाट केहि महिनाभित्र अवकाशमा जान लागेकोले पनि मुख्यालय सो निर्णय लिएको बताइञ्छ।
उनी आगामी असार १० गते अवकाश हुँदैछन् ।
सैनिक मुख्यालयले खाँणको स्थानमा शरदलाल श्रेष्ठलाई जिम्वेवारी तोकिएको छ । श्रेष्ठ नेपाली सेनाका प्राविधिक महासेनानी हुन्। तर यो पद हालका उपरथीको भन्दा दुई पोस्ट तल छ ।
तर खांडको ठाउंमा सहायकरथी कमानसिंह प्रधानले उक्त विभागको जिम्मेवारी पाउनेछन् ।
तराई–मधेस द्रुतमार्ग राष्ट्रिय गौरवका आयोजनामध्ये एक हो । यसको निर्माण जिम्मा नेपाली सेनाले लिएको छ । उसले आर्थिक वर्ष ०७८/७९ मा काम सक्ने लक्ष्यका साथ आयोजनाको काम अघि बढाइरहेको छ ।

खाँणको उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलसंग हिमचिम निकै बाक्लिएको र ठेक्का बोलाउँदा कम्पनि संग सिधै ४० प्रतिशतसम्म कमिसन लिने गरेको बताइञ्छ।