काठमाडौँ: नेपाल राष्ट्र बैंकले पुनः ४ अर्ब ९ करोडको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। भोलि सोमबार राष्ट्र बैंकले बोलकबोलको माध्यमबाट उक्त ट्रेजरी बिक्री गर्न लागेको हो।
ट्रेजरीको बोलकबोल सोमबार हुने भए पनि मंगलबार मात्रै जारी हुनेछ। राष्ट्र बैंकले ९१ दिने २ अर्ब २६ करोडको र एक वर्ष अवधिको १ अर्ब ८३ करोडको ट्रेजरी बिक्री गर्न लागेको हो।
९१ दिने ट्रेजरी भदौ २४ मा परिपक्व हुनेछ भने एक वर्ष अवधिको ट्रेजरी ०७७ जेठ २७ मा परिपक्व हुनेछ। ट्रेजरी खरिदका लागि बैंक तथा वित्तीय संस्थाहरु सहभागी हुन पाउनेछन्।
अनलाइन बिडिङ प्रणालीबाट बिक्री हुन लागेको ट्रेजरी राष्ट्र बैंकको सार्वजनिक ऋण व्यवस्थापन विभागले बिक्री गर्न लागेको हो।