काठमाडौँ: अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०८ औं अधिवेशनलाई नेपालकोे रोजगारदाताको तर्फबाट महासंघको रोजगारदाता परिषदका सभापति एवं उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आज स्वीजरल्याण्डको जेनेभामा संवोधन गरेका छन् ।
आइएलओ सम्मेलन यही जेष्ठ २७ गतेदेखि संचालन भैरहेको छ ।
अन्तर्राष्ट्रिय श्रम संगठन स्थापनाको सय वर्ष पुगेको अवसरमा श्रम सम्मेलनलाई संवोधन गर्ने ढकालले अन्तर्राष्ट्रिय श्रम संगठनले श्रम क्षेत्रको विकासका लागि निरन्तर काम गर्दै आएकोमा बधाई ज्ञापन गरे ।
प्रविधिको विकास, जलवायू परिवर्तन तथा भुमण्डलीकरणले आर्थिक रूपान्तरण तथा श्रम बजारमा भइरहेको परिवर्तनबाट आउने चुनौतिको सामना गर्न मानव संसाधनको विकासमा जोड दिनुपर्ने विषयमा ग्लोवल कमिशनद्वारा प्रस्तुत कामको भविष्य सम्बन्धि प्रतिवेदनले जोड दिएको प्रसङ्ग उल्लेख गर्दै बढ्दो असमानता घटाउन र सामाजिक न्यायको प्रवद्र्धनको लागि सबै पक्ष एकजूट भएर काम गर्नुपर्ने बताए ।
नेपालको निजी क्षेत्रले संवाद र सहकार्यको माध्यमबाट दीगो र समावेशी आर्थिक विकासको प्रवद्र्धन गरी बढीभन्दा बढी सम्मानजनक रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने धारणा व्यक्त गर्दै सामाजिक संवादको माध्यमबाट श्रम कानूनको सुधार र योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्न सफल भएको बताए ।
कामको भविष्य, व्यवसायको भविष्यस“ग गासिएको उल्लेख गर्दै यस बस्तु तथ्यलाई ध्यानमा राखी गरिने हाम्रा प्रयास, व्यवसायिक नीति नियममा गरिने सुधार महत्वपूर्ण हुने उनले बताए ।
नेपालमा अहिले बहुमत प्राप्त सरकारको गठनस“गै मुलुकमा जारी रहेको कानून र नीतिगत सुधारबाट नेपालमा लगानीको वातावरण बनेको उल्लेख गर्दै पर्यटन, पूर्वाधार विकास, कृषि र उत्पादनशील क्षेत्रमा लगानीका लागि व्यवसायीहरूलाई आग्रह गरे ।
नेपाल, भारत र चीन प्रतिफलका दृष्टिले अत्यन्तै ठुलो सम्भावना भएका क्षेत्र भएको उल्लेख गर्दै सभापति ढकालले नेपाल लगानी गर्न विश्वका लगानीकर्ताहरूलाई आग्रह गरे ।